गङ्गा खड्का सम्माननीय प्रधानमन्त्रीज्यू सर्वप्रथम तपाईंलाई जन्मदिनको शुभकामना । तपाई सञ्चै हुनुहुन्छ होला । मेरो कामना पनि त्यही हो । जन्मदिनमा तपाईंको सुस्वास्थ्यको कामना गर्दछु । तर, हामी टुक्राटुक्रा भएर बाँचेका छौँ । तपाईले हाम्रो एउटा शरीरलाई वालुवाटारमा बसेर टुक्राटुक्रा बनाउनु भएको छ । त्यसैले टुक्रटुक्रा शरीर लिएर हामी छट्पटाइरहेका छौँ । टुक्राटुक्रा शरीरको छट्पटाहट शब्दमा कसरी व्यक्त गरौँ ?
मेरो पीडालाई तपाईंको दिमागले एक एमाले कार्यकर्ताको आक्रोश मात्र ठान्छ होला तर, यो एमाले कार्यकर्ताको नभएर आम प्रदेश नम्बर ५ का जनताको पीडा हो । किनभने संविधान संशोधन प्रस्ताव व्यवस्थापिका संसदमा दर्ता भएपछि प्रदेश नम्बर ५ का सबै जनता पीडामा छन् । तर, तपाईले भने सबै नागरिकलाई एमालेको समर्थक र कार्यकर्ता भन्दा हाम्रो मन कटक्क दुख्छ ।
प्रधानमन्त्रीज्यू तपाईले ५ नम्बर प्रदशको स्वास्थ्यलाई बिरामी नहुँदै शल्यक्रिया गर्ने प्रस्तव गर्नुभयो । यो गलत निर्णयले हामीलाई जिन्दगीभर निको नहुने चोट लागेको छ । आज १२ दिन भैसक्यो हामीले सडकलाई बस्ती बनाएरका छौँ । तर, तपाई महलमा आरामले निदाउनु भएको होला ? म एउटा प्रदेश नम्बर ५ अन्तर्गतको गुल्मीमा जन्मिएकी छोरी हुँ । पहाडलाई माइती बनाएर मधेसलाई कर्मघर बनाउने इच्छा राख्छु । तर, तपाईले मधेस छिर्नै नपाउने खालको प्रस्ताव दर्ता गर्नुभएको छ। अब जवाफ चाहियो प्रधानमन्त्रीज्यू बर्षोदेखी चलिआएको हाम्रो वैवाहिक सम्बन्ध पनि अब प्रादेशिक हुने भयो होइन ? बाँकी पढ्नको लागि यहाँ क्लिक गर्नुहोला ।
सुन्नको लागि तलको भीडीयो प्ले गर्नुहोला ।
गोर्खा अनलाईन रेडियो सुन्नको लागि IOS प्रयोगकर्ता हरुले यहाँ क्लिक गर्नुहोला र ANDROID तथा कुनै पनि साधनबाट सुन्नको लागि यहाँ क्लिक गर्नुहोला । यदि हामीलाई सम्पर्क गर्न चाहनुहुन्छ भने यहाँ क्लिक गर्नुहोला । साथै तलका मोबाईल एप्लिकेशनबाट पनि सुन्न सक्नुहुनेछ ।