लन्डन, आजदेखि नयाँ वर्ष इस्वी सन् २०१७ को प्रारम्भ भएको छ भने सन् २०१६लाई बिदाइ गरिसकिएको छ । नयाँ वर्षबाट संबैले नयाँ आशा र अभिलाषाहरूको रुपमा लिने गरेको पाइन्छ जसको लागि इच्छा अभिलाषा मात्र पर्याप्त नभई आफूले गर्ने क्रियाकलापको महत्वपूर्ण भूमिका रहने गर्दछ । नयाँ वर्षलाई विश्वका सबै मुलुकहरूद्वारा एकैसाथ मनोरन्जनात्मक कार्यक्रमकासाथमा शुभकामना आदान प्रदान गर्दै भव्यताकासाथ् मनाउने गरिन्छ, जसलाई गेरगोरिएन पात्रोको आधारमा निर्धारित गरिएको हो । अमेरिका, युरोपेली मुलुकसहित, एशियाली राष्ट्रमा समेत आपसी भेटघाट गरी अत्यन्त हर्षोल्लासका साथ् नयाँ वर्ष मनाइयो । नयाँ वर्षको पूर्व संध्यांमा पर्न सक्ने गर्न सकिने सम्भावित दुर्घटना तथा आक्रमणलाई मध्यनजर गर्दै सुरक्ष्या व्यवस्थालाई विगतमा झैं यसपटक पनि कडा पारिएको थियो त्यसमाथि पनि मुख्य गरी जर्मनी र फ्रान्समा भने अँझ विशेष सुरक्ष्याको व्यवस्था गरिएको थियो । यति हुँदाहुँदै पनि टर्कीको इस्तानबुलमा आतंककारी विस्फोट हुँदा नयाँ वर्ष मनाउँदै गरेका झन्डै ३ दर्जनको ज्यान गएको छ भने दर्जनौं घाइते भएका छन् । त्यस्तै अन्य केही मुलुकहरूमा पनि केही शंकास्पद गतिविधि पाइएपछि विशेष सतर्कता अपनाइएको थियो । नेपालमा पनि अंग्रेजी नयाँ वर्षलाई धुमधामका साथ् मनाइयो । पर्यटकीय स्थलहरू काठमान्डौको ठमेल, बैद्ध, पोखरालगायतका विभिन्न स्थानमा नयाँ वर्ष सन् २०१७ को स्वागत गरिएको छ । हुन त नेपालीहरूको आफ्नो छुट्टै नयाँ वर्ष भएतापनि पर्यटकहरूको उपस्थिति हुने भएकाले इस्वी सनलाई पनि मनाउने गरेको पाइन्छ । सोहि नयाँ वर्षको आवसर पारेर संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेर्रेसले आइतबार राष्ट्रसङ्घ प्रमुखका रुपमा जिम्मेवारी सम्हालेपछि नयाँ वर्षको विशेष अवसरमा दिनुभएको शुभकामना सन्देशमा सन् २०१७ लाई सर्व प्रथम शान्ति स्थापनाको बनाउनु आफ्नो प्राथमिकता रहने बताउदै आफ्नो सन्देशमा राष्ट्रसङ्घ प्रमुख गुटेर्रेसले द्वन्द्वमा फसेका करोडौँ जनतालाई कसरी शान्ति प्रक्रियामा ल्याउने भन्ने नै आफ्नो पहिलो काम हुने बताएकाछन। अन्तमा नयाँ वर्ष सन् २०१७ सबैको लागि उर्जामूलक, सुखमय, शान्तिमय र सौहार्दपूर्ण रहोस विगतका दिनहरूमा अधुरा रहेका सम्पूर्ण इच्छा आकांक्ष्याहरू पूर्ण होस् ।
गोर्खा अनलाइन रेडियो
गोर्खा अनलाईन रेडियो सुन्नको लागि IOS प्रयोगकर्ता हरुले यहाँ क्लिक गर्नुहोला र ANDROID तथा कुनै पनि साधनबाट सुन्नको लागि यहाँ क्लिक गर्नुहोला । यदि हामीलाई सम्पर्क गर्न चाहनुहुन्छ भने यहाँ क्लिक गर्नुहोला । साथै तलका मोबाईल एप्लिकेशनबाट पनि सुन्न सक्नुहुनेछ ।