लन्डन, नेपालको सुदुरपश्चिममा आफ्नो कर्मथलो बनाएर पत्रकारिता पेशा अंगाल्दै आएका पत्रकार कर्ण बोहोराको ३८ वर्षको उमेरमा गत मङ्सिर १० गते निधन भएको थियो । स्वर्गीय बोहोराको परिवारको सहयोगार्थ नेपाल पत्रकार महासंघ यूके शाखाद्वारा रकम संकलन गरिएको थियो । गत बुधबारका दिन काठमान्डौस्थित पत्रकार महासंघ केन्द्रीय कार्यालय संचारग्राम सिनामंगलमा यूके शाखाका सल्लाहकार भगिरथ योगीले महासंघका अध्यक्ष्य डा. महेन्द्र विष्टलाई संकलित रकम दुई लाख रुपैयाँ हस्तान्तरण गरेका थिए । सो अवसरमा अध्यक्ष्य महेन्द्र विष्टले यूके शाखाले देखाएको सद्भाव र योगदानको प्रशंसा गरेका थिए भने उक्त रकम चाडै बोहोराको परिवारलाई बुझाउने जानकारी दिएका थिए । त्यस्तै गरी सल्लाहकार भगिरथ योगीले पनि यूके शाखाको तर्फबाट आफूहरूले थोरै भएपनि सहयोग गर्न पाएकोमा खुसी व्यक्त गर्दै श्रीमती ममता बोहोराको शिघ्र स्वास्थ्य लाभको कामना गरेका थिए ।
गोर्खा अनलाईन रेडियो सुन्नको लागि IOS प्रयोगकर्ता हरुले यहाँ क्लिक गर्नुहोला र ANDROID तथा कुनै पनि साधनबाट सुन्नको लागि यहाँ क्लिक गर्नुहोला । यदि हामीलाई सम्पर्क गर्न चाहनुहुन्छ भने यहाँ क्लिक गर्नुहोला । साथै तलका मोबाईल एप्लिकेशनबाट पनि सुन्न सक्नुहुनेछ ।