लन्डन, गैर आवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषद्का समरक्ष्यक जीवा लामिछानेद्वारा लेखिएको उनको पहिलो कृति नियात्रा संग्रह ” सरसर्ती संसार” यही आउँदो जनवरी ८ तारिखका दिन बेलायतको लण्डनमा विमोचन हुने भएको छ । उक्त समारोहमा लेखक जीवा लामिछाने स्वयं उपस्थिति हुने भएका छन् । उक्त पुस्तक नेपाल, मस्को तथा तान्जानियामा यस अघि नै विमोचन भैसकेको छ । संसारका झन्डै आधा जसो मुलुकहरको भ्रमण गरिसकेका जीवा लामीछानेले आफ्ना भ्रमणका शिलशिलामा भएका अधिकांश आरोह र अवरोहलाई समेटेर जीवनोपयोगी नियात्रा संग्रह “सरसर्ती संसार” नामक उक्त पुस्तक प्रकाशन गरेका हुन । बेलायतको लन्डनस्थित भेनु फाइभमा गरिन लागिएको लोकार्पण कार्यक्रममा प्रमुख अतिथि बेलायतका लागि नेपाली राजदूत डा. दुर्गाबहादुर सुवेदी रहनेछन भने बेलायतस्थित विभिन्न साहित्यिक संस्थाका प्रतिनिधि, सामाजिक अगुवा, संचारकर्मी लगायत अन्य व्यक्तिहरूको पनि उपस्थितिरहनेछ । कार्यक्रममा लेखक तथा नियात्राकार जीवा लामिछानेसँग प्रत्यक्ष्य भलाकुसारी गरिने कार्यक्रमका संयोजक पत्रकार चिरन शर्माले जानकारी दिएका छन् ।
गोर्खा अनलाईन रेडियो सुन्नको लागि IOS प्रयोगकर्ता हरुले यहाँ क्लिक गर्नुहोला र ANDROID तथा कुनै पनि साधनबाट सुन्नको लागि यहाँ क्लिक गर्नुहोला । यदि हामीलाई सम्पर्क गर्न चाहनुहुन्छ भने यहाँ क्लिक गर्नुहोला । साथै तलका मोबाईल एप्लिकेशनबाट पनि सुन्न सक्नुहुनेछ ।