लेखक- भोज राज
लन्डन, हाल बेलायतमा धेरै नेपालीहरू घर किन्ने औकातका रहेका छन् । कतिपयले आफूलाई चाहिनेभन्दा अतिरिक्त घर किनेर वा आफ्नै घरमा आफूलाई आवश्यक नपरेको कोठा बहालमा दिने गरेको पाइन्छ । यो सबै राम्रो कुरा हो तर कतिपय नेपाली घर धनीले नेपाली डेरावालालाई गैर कानूनी रुपमा शोषण गर्दै आएको सुन्नमा आउने गरेको छ । बेलायतको कानून अत्यन्त कडा छ, यदि तपाईंले डेरावालालाई अनावश्यक शोषण गर्नु भो र तपाईं माथि उजुरी पर्यो भने तपाईंले कहिल्यै घर बहालमा दिन्न होला भने झै गरी तर्सनु हुनेछ, त्यसैले यहाँ सामान्य केही सामान्य जानकारीहरू प्रस्तुत गरेको छु यदि तपाईंले घर वा कोठा बहालमा दिनुहुन्छ भने पढ्नु सान्दर्भिक हुनसक्छ । सर्वप्रथम त यहाँ हरेक कुराका लागि शर्तनामा/करार चाहिन्छ, यसले दुवै पक्षलाई मदत गर्दछ, सो गर्न नछुटाउनु होला । दोश्रो कुरा सो करारमा लेखेका कुरा बाहेक अन्य कुराहरू दुवै पक्षले अपेक्षा नगर्नु होला । कतिपय घर धनीले डेरावालालाई धेरै हिटर वा तातो पानीको प्रयोग गर्योल भनेर पानी तताउने मेशिन (बोइलर) नै बन्द गरेको पनि सुन्नमा आउँछ, यदि यस्तो गर्नुभयो र डेरावालाले काउन्सिललाई उजुरी गरेर स्थानीय काउन्सिलले थाहा पायो भने तपाईंले उल्टै डेरावालालाई क्षतिपूर्ति दिन पर्ने हुन्छ । यदि तपाईंलाई डेरावालाले बढी तातो पानी र हिटर चलाऊला जस्तो लाग्छ भने बरु तपाईंले बहालका अतिरिक्त पानी र बिजुली को खर्च मिलेर तिर्न पर्ने भनेर शुल्क नै तोकेर शुरुको शर्तमा लेख्न सक्नुहुन्छ तर कुनै पनि हालतमा तपाईंले ती सुबिधाबाट बन्चित गर्नु गैर कानूनी हुन जान्छ । घर पुरै बहालमा दिँदा सो घरमा घर धनी छ्यासछ्यास्ती आऊ जाऊ गर्न पाइन्न, बरु निश्चित समयमा आफ्नो घरको निरिक्षण गर्ने विचार भए शर्तमा नै उल्लेख गरेको हुन पर्छ । यदि कोठा बाहालमा दिनुहुन्छ भने पनि अन्य मिलेर प्रयोग गर्ने कोठाहरू कसरी प्रयोग गर्न चाहनुहुन्छ सो स्पष्ट उल्लेख हुन पर्छ अनि डेरावालाको कोठामा अनुमती बिना पस्न हुँदैन । समयमा बहाल नतिरेकै कारणले कसैलाई घरबाट जबर्जस्ती निकाल्न पाइन्न, घरबाट निकाल्न पनि कानूनी प्रकृया पूरा गरेर मात्र सम्भव हुन्छ । कानूनको स्पष्ट अध्ययन गरेर मात्र एकापसमा व्यवहार गर्नु उपयुक्त हुनेछ अन्यथा सजायको भागिंदार बान्नु पर्ने हुन्छ । तसर्थ तपाईं जुन काम गर्दै हुनुहुन्छ त्यसबारेमा तपाईंले सामान्य कानूनी प्रकृयाको पनि जानकारी लिनुपर्ने हुन्छ जसले आफ्नो आम्दानि र व्यवसायमा सुरक्ष्या प्राप्त हुन सक्दछ ।
गोर्खा अनलाईन रेडियो सुन्नको लागि IOS प्रयोगकर्ता हरुले यहाँ क्लिक गर्नुहोला र ANDROID तथा कुनै पनि साधनबाट सुन्नको लागि यहाँ क्लिक गर्नुहोला । यदि हामीलाई सम्पर्क गर्न चाहनुहुन्छ भने यहाँ क्लिक गर्नुहोला । साथै तलका मोबाईल एप्लिकेशनबाट पनि सुन्न सक्नुहुनेछ ।