लन्डन, एनआरएनए यूकेले निर्माण गर्न लागेको महत्वाकांक्षी प्रोजेक्ट नेपाल हाउसका लागि सोमबार साँझ अल्डरसटमा गरिएको एक च्यारिटी डिनरमा एकै दिनमा एक लाख १२ हजार दुई सय ३० पाउण्ड ५५ पेंसको प्रतोवाद्धता आएको एनआरएन यूके कोषाध्यक्ष्य दीपक श्रेष्ठले जानकारी दिएका थिए । एनआरएनए यूकेका अध्यक्ष्य मुछेत्र गुरुङको अध्यक्ष्यतामा आयोजना गरिएको उक्त च्यारिटी डिनरमा करिब २ मिलियन पाउण्ड अनुमानित रहेको नेपाल हाउसको लागि गरिएको यो दोस्रो च्यारिटी हो । कार्यक्रममा प्रमुख अतिथीको रुपमा सांसद तथा एमाले नेता कृष्णभक्त पोख्रेल र विशेष अतिथीको रुपमा बेलायतका लागि नेपाली राजदूत डा. दुर्गाबहादुर सुवेदीले एनआरएन यूकेले गरेको अवधारणाको प्रशंसा गर्दै नेपाल हाउस नेपालीहरुबीच आफ्नो कला संस्कृती र परम्पराको जगेर्ना गर्नको लागि निकै आवश्यक रहेको धारणा ब्यक्त गर्दै यसलाई सफल गर्नको लागि सबैले सहयोग गर्नुपर्ने बताएका थिए । कार्यक्रममा युरोप संयोजक कुल आचार्य र पूर्व अध्यक्ष्य तथा वर्तमान संरक्षक सूर्य गुरुङ लगायतले नेपाल हाउसको आवश्यकता र महत्वको बारेमा प्रष्ट्याएका । बेलायती नेपालीहरुको साझा घर अर्थात कम्युनिटी सेन्टरको लागि पहिलो चरण अन्तर्गत जागा खरिद तथा प्लानिंग परमिसन जस्ता योजना रहेका छन् । नेपाल हाउसका डिरेक्टर इन्जिनियर राजेश पाठकले प्रोजेक्टको बारेमा उल्लेख गर्दै नेपाल हाउसमा गोर्खा संग्राहलय,२ सय क्षेमताको कार पार्क,६ सय जाना क्षेमता बराबरको सम्मेलन कक्ष्य , सोभिनर सप, सूचना केन्द्र आदिको व्यबस्था गरिने योजना रहेको उल्लेख गरेका थिए । प्रारम्भिक चरणमा जग्गा खरिद तथा प्लानिंग परमिसन लिएर कन्फरेन्स हालको निर्माण गर्ने र त्यसको लागि एक मिलियनको हाराहारीमा लगानी गर्नुपर्ने बताएका थिए । सन् २०१७ को मार्च सम्ममा जग्गा खरिद तथा २०१७ भरिमा प्लानिंग परमिसन लिने र २०१८ बाट निर्माण कार्यको शुरु गरि सन् २०२० मा नेपाल हाउसको उद्घाटन गरिने लक्ष्य रहेको समेत पाठकले बताएका थिए । दुई चरणमा संचालित उक्त कार्यक्रमको संचालनको पहिलो चरणको कार्यक्रम एनआरएनए यूके महासचिव विजयविक्रम लिंग्देनले गरेका थिए भने दोस्रो चरणको कार्यक्रमको संचालन आइसीसी सदस्य संगीता मरहट्ठा ले गरेकी थिइन् । सोहि अवसरमा संघका अध्यक्ष्य, प्रमुख अतिथी, विशेष अतिथी,आइसीसी सल्लाहकार लगायतले संस्थाको मुखपत्र एनआरएन भ्वाइसको विमोचन गरेका थिए । प्रधान सम्पादक खुसि लिम्बुले प्रकाशनको बारेमा प्रकाश पार्दै सम्पादन मण्डललाई धन्यबाद दिएका थिए । कार्यक्रममा दूतावासका उपनियोग प्रमुख तथा प्रवक्ता शरदराज आरन , एनआरएनए आइसीसी सल्लाहकार मेजर रि.डमर घले, विश्व आदर्श पण्डित, डा. हेमराज शर्मा, एनआरएन यूके पूर्व अध्यक्षहरु योगेन्द्र क्षेत्री,महेन्द्र कंडेल लगायतका बेलायतका विभिन्न संघसंस्थाका प्रतिनिधिहरुको सहभागिता रहेको थियो । कार्यक्रमा मिस यूके नेपाल २०१६ कि टेनिसा राना र सयपत्री कल्चरल ग्रुपद्वारा नृत्य प्रस्तुत गरेका थिए । कोषाध्यक्ष्य दीपक श्रेष्ठले सहयोगको लागि प्रतिवद्धता जनाउनुहुनेहरुलाई रकम जम्मा गर्नको लागि बनका तथा खाता नम्बर उपलब्ध गराउंदै यथासक्य चांडो भन्दा चांडो रकम जम्मा गर्नको लागि अनुरोध समेत गरेका थिए । फोटो साभार फेसबुक
रकम जम्मा गर्नको लागि बैंक विवरण :-
NRNA
A/C 50757760
SORT CODE – 309988
LIOYDS BANK
गोर्खा अनलाईन रेडियो सुन्नको लागि IOS प्रयोगकर्ता हरुले यहाँ क्लिक गर्नुहोला र ANDROID तथा कुनै पनि साधनबाट सुन्नको लागि यहाँ क्लिक गर्नुहोला । यदि हामीलाई सम्पर्क गर्न चाहनुहुन्छ भने यहाँ क्लिक गर्नुहोला । साथै तलका मोबाईल एप्लिकेशनबाट पनि सुन्न सक्नुहुनेछ ।