लोकतन्त्रमा जनताले पाएको यही एउटा अधिकार हो बोल्न र लेख्न पाउने । यही एउटा अधिकार हो हाम्रा नव महाराजधिराजहरुले ड्यांगड्यांती लुट्दा हामी जनता घोक्रो फुट्ने गरी कराउन पाएको । तर जनता कराएको देख्ने यी नव महाराजाधिराजहरुको कुनै आँखा छैन र सुन्ने कुनै कान छैन । यिनीहरु क्षणिक स्वार्थमा जे पनि गर्छन भन्ने स्पष्ट भईरहेकै छ । मलाई थाहा छ: नकारात्मक बोलेर मात्रै केही हुन्न, आफूले नागरिकको हैसियतमा कति गर्न सकियो त्यो महत्वपूर्ण हुन्छ, तर पटक पटक जनताको बिश्वासमा बिष्ट्याउने नव महाराजाधिराजहरुले देशलाई प्रयोगशाला, बध़शाला बनाई बर्वाद बनाईरहँदा कसरी यिनीहरुको स्तुति गान गरिरहने हो र ? त्यसैले समय सन्दर्भ अनुसार कसैको समर्थन र कसैको बिरोध गर्नै पर्छ । पूर्व राजा ज्ञानेन्द्रले बिज्ञप्ति निकालेर हाल चलिरहेको सिलसिलालाई खबरदारी गरिरहँदा एकथरी नव युवराजधिराजहरु भुईचालो आए सरी आत्तिएको देखियो, मानसिक सन्तुलन खलबल हुने गरी बोलेको देखियो, केही बिश्लेषक भनाउँदाहरुले पूर्व राजाको यस बिज्ञप्तिलाई अहिले सम्मकै कडा बिज्ञप्ति भन्दै गोमन सर्पको उपमा दिए, बहालवाला गृहमन्त्रीले त पूर्व राजालाई जेल हाल्ने प्रस्ताव समेत मन्त्री परिषदमा गरेछन् : यो भन्दा ठूलो डर अरु के हुन सक्थ्यो ? च्वँ च्वँ !यो डरले अब केही पक्कै हुन्छ । पूर्व राजा अहिले नागरिकको हैसियतमा छन् , तर उनी अझै पनि ठूलो शक्तिको केन्द्र हुन् , ईतिहाँसका प्रतिनिधि हुन्, संबिधानत: र ब्यवहारिक दुबै पक्षबाट उनले पनि आफ्नो बिचार ब्यक्त गर्न पाउनुपर्छ । राजाले बोलेको कुरालाई रोईलोको बिषय बनाउनु भन्दा राजनीतिक दलहरु आफू सच्चिनु पर्ने हो तर दिन प्रतिदिन सत्ता र यसको सेरोफेरोमा रहेर देशलाई बिखण्डन गर्न तर्फ उद्दत भईरहँदा त्यसको फाईदा कसले लिईरहेको छ ? बाँकी पढ्नको लागि यहाँ क्लिक गर्नुहोला । सुन्नको लागि तलको प्ले बटनमा क्लिक गर्नुहोला ।
गोर्खा अनलाईन रेडियो सुन्नको लागि IOS प्रयोगकर्ता हरुले यहाँ क्लिक गर्नुहोला र ANDROID तथा कुनै पनि साधनबाट सुन्नको लागि यहाँ क्लिक गर्नुहोला । यदि हामीलाई सम्पर्क गर्न चाहनुहुन्छ भने यहाँ क्लिक गर्नुहोला । साथै तलका मोबाईल एप्लिकेशनबाट पनि सुन्न सक्नुहुनेछ ।