लन्डन, यहि डिसेम्बर २० तारिख मंगलबारका दिन साँझ प्रवासी नेपाली मंच यूकेले आफ्नो स्थापनाकालको १२औँ वर्षको अवसर पारेर नर्थहल्टको दीले से ब्यांकेटिंग हलमा मंचका अध्यक्ष्य रामशरण सिम्खडाको अध्यक्ष्यतामा एक भव्य कार्यक्रम सम्पन्न गरेको छ ।नेकपा (एमाले) निकट प्रावासी मंच यूकेद्वारा आयोजित उक्त कार्यक्रममा प्रमुख अतिथी सांसद कृष्णभक्त पोख्रेल र विशेष अतिथी बेलायतका लागि नेपाली राजदूत डा. दुर्गाबहादुर सुवेदी रहेका थिए भने अतिथीहरुमा बेलायतका सांसदहरु बीरेन्द्र शर्मा (इलिंग,साउथहल ), ब्यारी गार्डनर (ब्रेंट नर्थ), ग्यारेथ थोमस (ह्यार्रो वेष्ट ) र एनआरएनए युरोप कोअर्डिनेटर कुल आचार्य रहेका थिए । कार्यक्रममा नेपाली तथा बेलायती सांसदहरुलाई नेपाली ढाकाटोपी र ढाकाको खादा लगाएर सम्मान गरिएको थियो । कार्यक्रममा बोल्दै बेलायती सांसदहरुले बेलायत र नेपालबीचको २०० वर्ष पूरानो सम्बन्ध र गोर्खाली सेनाको बारेमा प्रशंसा गरेका थिए । सांसद बीरेन्द्र शर्माले नेपाली समुदायले पनि बेलायतको राजनीतिमा चासो बढाउनु पर्ने भन्दै आफू लेवर पार्टीसंग सम्बन्धित भएतापनि सोहि पार्टीमा लाग्न अनुरोध नगरे पनि लेवर पार्टी नै उत्तम रहेको भन्दै ठट्यौली गरेका थिए । सांसद कृष्णभक्त पोखरेलले नेपालको राजनैतिक अवस्था र संविधानमा विशेष गरि दलित, महिला र गैर आवासीय नेपालीहरुको बारेमा गरिएका व्यबस्थाको बारेमा प्रष्ट पार्दै देश आर्थिक सम्वृद्धितर्फ बढ्दै गइरहेकोले प्रवासी नेपालीहरुको तर्फाबाट निरन्तर सहयोग र सुझावको खाँचो रहेको बताएका थिए । आफ्नो मंतव्याका क्रममा विशेष अतिथी नेपाली राजदूत डा. दुर्गाबहादुर सुवेदीले बेलायतमा बसोबास गर्ने नेपाल र नेपाली संघसंस्थाहरु देशका लागि परेको सहयोग गर्न सधै तत्पर रहेको बताएका थिए । साथै यहाँ बस्ने सम्पूर्ण नेपाली र नेपाली संस्थाहरु नेपाल र नेपालीका हितका लागि सदैव अगाडी बढ्नुपर्ने धारणा पनि ब्यक्त गरेका थिए । गैर आवासीय नेपाली संघ युरोप कोअर्डिनेटर कुल आचार्यले १२ वर्ष पुगेको उपलक्ष्यमा प्रवासी नेपाली मंचलाई बधाई तथा शुभकामना दिंदै राजनैतिक र सामाजिक क्षेत्रमा गरेको उल्लेखनीय कार्यहरुको प्रशंसा गरेका थिए । कार्यक्रममा लिभरपुल जोन मोर युनिभर्सिटीका एशोसियट डीन डा. पदम सिम्खडालाई प्रमुख अतिथी तथा विशेष अतिथीको हातबाट खादा तथा सम्मानपत्र प्रदान गरिएको थियो । मंचका सचिव धन क्षेत्रीले सम्मान पत्र पढेर सुनाएका थिए । दुइ चरणमा संचालन गरिएको उक्त कार्यक्रमको संचालनको पहिलो चरण मंचका महासचिव तुंग भुसालले गरेका थिए । तेस्तै गरि मंचका बेलायत नर्थ वेष्ट कमिटिका अध्यक्ष्य वसन्त नेपालले स्वागत मन्तव्य दिएका थिए भने उपाध्यक्ष्य रबीन्द्र कंडेलले धन्यबाद मन्तब्य प्रस्तुत गरेका थिए । प्रवासी नेपाली मंचका अध्यक्ष्य रामशरण सिम्खडाले उपस्थित सबैलाई धन्यबाद दिदैं कार्यक्रमलाई एक पार्टीकोबीचमा मात्र हैन बेलायतका सबै सामाजिक संघसंस्था तथा व्याक्त्तिहरुलाई लाई समेटिएको भन्दै विभिन्न व्यक्तिहरुको नाम लिएका थिए । कार्यक्रममा सहभागिता जनाउन युरोपबाट समेत केहि व्यक्तिहरुको उपस्थिति रहेको थियो । कार्यक्रमम प्रवासी मंचको १२औं वर्षको उपलक्ष्यमा केक समेत काटिएको थियो । दोस्रो चरणको कार्यक्रममा नेपालबाट आएका अनि अहिलेको चर्चित गीत “निर जहिले रिसाउने” बोलको गीतका गायक तथा बिग आइकन २०१६ का विजेता साजन आलेले निर जहिले रिसाउने, पिउँदिन भन्दा भन्दै पिलायो साथीले जस्ता गीतहरु गएर मनोरंजन दिलाएका थिए । तेस्तै गरि यूके डान्स अफमा समेत सहभागिता जनाएकी प्रतिष्ठा त्रिपाठी, रश्मी गौतम र विजया भण्डारीले नेपाली गीतमा नृत्य प्रदर्शन गरेका थिए ।डीजे प्रमोद शर्माले पनि नारायण गोपालको गीत गएर मनोरंजन दिलाएका थिए । नृत्यको भीडीयो हेर्नको लागि तल प्ले गर्नुहोला । फेसबुक फोटो एल्बमको लागि यहाँ क्लिक गर्नुहोला
गोर्खा अनलाईन रेडियो सुन्नको लागि IOS प्रयोगकर्ता हरुले यहाँ क्लिक गर्नुहोला र ANDROID तथा कुनै पनि साधनबाट सुन्नको लागि यहाँ क्लिक गर्नुहोला । यदि हामीलाई सम्पर्क गर्न चाहनुहुन्छ भने यहाँ क्लिक गर्नुहोला । साथै तलका मोबाईल एप्लिकेशनबाट पनि सुन्न सक्नुहुनेछ ।