लन्डन, यहि आउँदो १८ डिसेम्बरका दिन नेपाली चलचित्र “पुरानो डुंगा” लण्डनको ह्यार्रोस्थित सफारी सिनेमा हलमा ग्राण्ड रेडकार्पेट प्रिमिएर गरिने भएकोछ । उक्त चलचित्रलाई बेलायतमा प्रदर्शनी गर्ने जिम्मा इन्टरनेशनल नेप्लिज फिल्म एकेडमी (इन्फा) यूकेले गरेको हो । यस अघि पनि इन्फाले सिनेवर्ल्डका झन्डै एक दर्जन हलहरुमा नेपाली चलचित्र “गाजलु” को सफल प्रदर्शन गरिसकेको छ । पछिल्लो समयमा नेपाली चलचित्र पुरानो डुंगाको “निर जहिले रिसाउने” बोलको गीत निकै लोकप्रिय अनि सबैको जनजिब्रोमा झुन्डिन सफल भएको छ । कबड्डी’ र त्यसको सिक्वेल ‘कबड्डी–कबड्डी’ पछि एक्कासी चर्चामा आएका चलचित्र लेखक तथा निर्देशक रामबाबु गुरुङद्वारा निर्देशित ‘पुरानो डुंगा’ केहि समय अघि मात्र नेपालमा रिलिज भएको थियो । यस चलचित्रमा पनि नायकको भूमिका दयाहांग राईलाई नै दिइएको छ भने नायिकामा चाहिं प्रियेंका कार्की रहेकी छन् । नेपाली समाजमा दाजुभाईबिच अंशबन्डा प्रक्रियामा आइपर्ने समस्यालाई मध्यनजर गर्दै तयार पारिएको उक्त चलचित्रमा अभिनेता माओत्से गुरुङ र दयाहांग राईले दाजुभाइको भूमिका निर्वाह गरेका छन् । पोखराको बेगनास तालमा डुंगा चलाएर जीविकोपार्जन गरिरहेका दुइ दाजुभाइबीच अंशबन्डा गर्दा उक्त पुरानो डुंगालाई लिएर उत्पन्न बिबादलाई नै चलचित्रको मुख्य विषय रहेको छ । यस चलचित्रको लेखन कार्य रामबाबु गुरुङ स्वयमले कवि उपेन्द्र सुब्बासंगको सहकार्यमा गरेका हुन । हांस्यात्मक शैलीको यस चलचित्रको छायांकन पोखराकै सेरोफेरोमा गरिएको छ । चलचित्रको मुख्य भूमिकामा दयाहंग राई, प्रियेंका कार्की, माओत्से गुरुङ तथा मेनुका रहेका छन् । चलचित्रको प्रदर्शन पछी पुरानो डुंगाको बारेमा दर्शकहरुबाट मिश्रित प्रतिक्रियाहरु आएका छन् । जे होस् नेपाली संस्कृति र परम्पारालाई आधार मानेर बनाइएको उक्त चलचित्रलाई विदेशमा बस्ने नेपालीहरुले पनि हेरेर मूल्यांकन गरेर सल्लाह सुझाव र प्रतिक्रियाहरु दिएको खण्डमा चलचित्र निर्माता तथा कलाकारहरुलाई थप मार्गदर्शन मिल्नेछ ।
फिल्मको ट्रेलर हेर्नको लागि तल प्ले गर्नुहोला ।
गोर्खा अनलाईन रेडियो सुन्नको लागि IOS प्रयोगकर्ता हरुले यहाँ क्लिक गर्नुहोला र ANDROID तथा कुनै पनि साधनबाट सुन्नको लागि यहाँ क्लिक गर्नुहोला । यदि हामीलाई सम्पर्क गर्न चाहनुहुन्छ भने यहाँ क्लिक गर्नुहोला । साथै तलका मोबाईल एप्लिकेशनबाट पनि सुन्न सक्नुहुनेछ ।