आनन्द कार्कीको गजल र भजनमा रमाउंदै हंगकंगवासी नेपाली


15571034_1383434595008092_1773203978_nहंगकंग, नेपालका लोकप्रिय गायक आनन्द कार्की सहितका कलाकारहरुको एक टोलीले यसबेला विशेष गरि गजल र भजनको साथमा हंगकंगवासी नेपालीहरुका माझ सांगीतिक मनोरन्जन दिलाई रहेका छन् । हंगकंग नेपाल हिन्दू एशोसिएसनको आयोजनामा नेपाली कलाकारहरु आनन्द कार्की, निर्मल सिलवाल र शिरोमणि दवाडी हंगकंग आइपुगेका हुन् । नेपाली धर्म, संस्कृति, परम्परा र रीतिरिवाजलाई भावी पुस्तामाझ पनि निरन्तरता गराउने उद्देश्यले गीतसंगीतको माध्यमबाट मनोरंजन गराउने उद्धेश्य रहेको हंगकंग नेपाल हिन्दू एशोसिएसनकी अध्यक्ष्य गोमादेवी शर्माको धारणा रहेको छ ।15497934_1383434458341439_1539893258_n हंगकंगको काउलुस्थित युमाताई कम्युनिटी हलमा गरिएको एक सांगीतिक कार्यक्रम “हंगकंग गजल तथा भजन साँझ” मा गायक आनन्द कार्कीले गजल, भजन लगायत विभिन्न खालका नयाँ पूराना गीत संगीतहरु पस्किएर दर्शकहरुलाई मनोरंजन प्रदान गरेका थिए । तेस्तैगारी गायक निर्मल सिलवालले पनि नेपाली र हिन्दि गजलहरु गएका थिए भने हास्य कलाकार शिरोमणि दवाडीले पनि दर्शकहरुलाई विभिन्न खालका मनोरन्जनात्मक प्रस्तुति देखाएर हँसाएका थिए ।15401306_1380077478677137_1779738623_n हंगकंग नेपाल हिन्दू एशोसिएसनद्वारा हंगकंगस्थित युमाताईमा स्थापित हिदू मन्दिरमा आउँदो शनिवार र आइतवार २४ घन्टे अखण्ड भजन कीर्तनको आयोजना गरिने भएको छ । उक्त समारोहमा गायक आनन्द कार्की लगायतका कलाकारहरुका साथै स्थानीय कलाकारहरु हरि श्रेष्ठ र नागेन्द्रको पनि प्रस्तुति रहने जनाइएको छ । 15494108_1383434501674768_1212247866_n

गोर्खा अनलाईन रेडियो सुन्नको लागि IOS प्रयोगकर्ता हरुले यहाँ क्लिक गर्नुहोला र ANDROID तथा कुनै पनि साधनबाट सुन्नको लागि यहाँ क्लिक गर्नुहोला । यदि हामीलाई सम्पर्क गर्न चाहनुहुन्छ भने यहाँ क्लिक गर्नुहोला । साथै तलका मोबाईल एप्लिकेशनबाट पनि सुन्न सक्नुहुनेछ । Untitled-1

SHARE:

संबन्धित शिर्षकहरु

ताजा अपडेट

दसैँको टीकाको उत्तम साइत कात्तिक ४ गते बिहान १०ः२६ बजे

लन्डनमा नेपालीको घरमा राति लुटपाट, प्रतिकार गर्दा दम्पतीमाथि आक्रमण

लन्डनमा नेपालको ९२ वर्षे कूटनीतिक विरासत, २४औँ राजदूतमा गौरव शमशेर राणा

गोर्खा आन्दोलन सफल नभएसम्म भोजभतेर र राजनीतिक कार्यक्रममा नजाने भेट्रान राईको घोषणा

गोर्खा समस्या समाधान गर्न बेलायत सरकारलाई डिसेम्बर ३१ सम्म अल्टिमेटम, माग पूरा नभए आन्दोलन गर्ने

लन्डनका फेसन उद्यमी लामिछानेको फाउण्डेशनले बाढीपीडितलाई एक करोड ७ लाख प्रदान

फ्लाईदुबईको विमान साउदीमा आकस्मिक अवतरण, पाइलटले खसाल्न खोजेको नेतन्याहुको दाबी

संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभा सम्पन्न, छलफल कृत्रिम बुद्धिमत्तामा केन्द्रित