लन्डन, बेलायतमा सन् २०१३ देखि संचालन हुँदै आएको लोकप्रिय ब्यूटी सलुन दि हेयर पोर्ट हेयर एण्ड ब्युटी सलुन ले बेलायतको अल्डरसटस्थित स्टेशन रोडमा आफ्नो नयाँ सलुन संचालनमा ल्याएको छ । गत डिसेम्बर ४ तारिखका दिनबाट संचालनमा आएको उक्त सलुनको चर्चित नायिका प्रियेंका कार्कीले रिबन तथा केक काटेर औपचारिक रुपमा उद्घाटन गरेकी थिइन् ।
नेपाली चलचित्र “ह्याप्पी डेजको” छायांकनका शिलशिलामा बेलायत आएकी प्रियेंकाले आफ्नो समय मिलाएर विभिन्न समारोहमा पनि उपस्थित हुँदै आएकीछन । गत महिना सपन इन्टरटेनमेन्ट लिमिटेडद्वारा आयोजना गरिएको नृत्य प्रतियोगिता दि डान्स अफमा निर्णायक मण्डलको भूमिका निर्वाह गर्नुको साथै आफ्नो नृत्य पनि प्रस्तुत गरेकी थिइन् । उद्घाटन समारोहमा दि हेयरपोर्ट हेयर एण्ड ब्युटी सलुनलाई बधाई तथा सफल व्यवसायको शुभकामना दिएकी थिइन् ।
गतवर्ष बेलायतमा आएको बेला प्रियेंकाले फोटो सुट गर्दा मेकअप सम्बन्धि काम प्रेक्ष्याले नै गरेकी थिइन् । थेरापिष्ट आमा टिकादेवी गुरुङ र हेयर ड्रेसर छोरी प्रेक्ष्या बस्नेतद्वारा संचालित उक्त ब्युटी पार्लरमा महिला सृंगार सम्बन्धि सम्पूर्ण कामहरु मेनिक्यूर, पेडिक्यूर, नेल आर्ट, ब्राइडल प्याकेज, लगायत हेयर कटिंग तथा कलरिंग लगायत स्किन सम्बन्धि सम्पूर्ण कार्यहरु गरिन्छ । आफूहरुले प्रयोगमा ल्याइने सम्पूर्ण उत्पादनहरु राख्दै आएको बताउने प्रेक्ष्याले सस्तो र गुणस्तरहिन उत्पादनमा सम्झौता नगर्ने बताउछिन । 
फोटो-मिलन तमु
उद्घाटनको भीडीयो हेर्न तलको भीडीयो प्ले गर्नुहोला ।
गोर्खा अनलाईन रेडियो सुन्नको लागि IOS प्रयोगकर्ता हरुले यहाँ क्लिक गर्नुहोला र ANDROID तथा कुनै पनि साधनबाट सुन्नको लागि यहाँ क्लिक गर्नुहोला । यदि हामीलाई सम्पर्क गर्न चाहनुहुन्छ भने यहाँ क्लिक गर्नुहोला । साथै तलका मोबाईल एप्लिकेशनबाट पनि सुन्न सक्नुहुनेछ ।





