लन्डन । बेलायतका लागि नवनियूक्त राजदूत डा. दुर्गा बहादुर सुवेदीले नेपाली दूतावास लन्डनले बेलायतस्थित सबै नेपाली समूदायसँग तथा नेपाली दाजुभाईसंग मिलेर काम गर्ने र कसैलाई पनि भेदभाव तथा काखापाखा नगरिने बताएका छन् । नेपाली टिभीको यूकेको एक कार्यक्रम “Reaction With Chiran Sharma” मार्फत बोल्दै डा. सुवेदीले उक्त कुरा बताएका हुन् । बेलायतमा रहेका सम्पूर्ण संघसंस्था लगायत बेलायातवासी नेपालीहरुको सहयोगको लागि सैयौं थुंगा फूललाई एउटै मालाको रुपमा र एउटै मालामा उनेर अगाडी बढ्न राजदूत र दूतावास लागिपर्ने बताएका छन् । सुवेदीले भूपूगोर्खाको समस्या समाधानका लागि बेलायतसँग हुने त्रिपक्षीय वार्ता सफल हुने विश्वास ब्यक्त गरे । सामाजिक संजालहरुमा चर्चामा आएका दूतावास सम्बन्धि उठेका विषयलाई आफूले मार्गदर्शनको रुपमा लिएको र तेस्तो किसिमको कुनै पनि क्रियाकलाप नगरेको र नगरिने पनि बताएका छन् । बेलायतवासी नेपालीहरुका समक्ष्य आफ्नो छाती खुल्ला रहेको र दूतावासको तर्फबाट पनि सोहि अनुसारको नीति रहेको पनि उक्त कुराकानी मार्फत राखेका छन । कुराकानीको विस्तृत जानकारीको लागि तलको भीडीयो मा हेर्नुहोला ।
गोर्खा अनलाईन रेडियो सुन्नको लागि IOS प्रयोगकर्ता हरुले यहाँ क्लिक गर्नुहोला र ANDROID तथा कुनै पनि साधनबाट सुन्नको लागि यहाँ क्लिक गर्नुहोला । यदि हामीलाई सम्पर्क गर्न चाहनुहुन्छ भने यहाँ क्लिक गर्नुहोला । साथै तलका मोबाईल एप्लिकेशनबाट पनि सुन्न सक्नुहुनेछ ।