भिजे-प्रितीको ‘आइ लभ यु’ बोलको म्यूजिन भीडीयो सार्वजनिक


15301259_1360401170639550_624005947_nसुजन पराजुली,
१८ मङ्सिर २०७३ काठमाण्डौ यूट्युब हिट कपलको रुपमा परिचित भिजे-प्रितीको ‘आइ लभ यु’बोलको गीतको म्युजिक भीडीयो एक कार्यक्रमकाबीच सार्वजनिक भएको छ । मुस्ताङ लगायत काठमाडौंका बिभिन्न ठाउँमा शुटिङ गरिएको भिडियोको निर्देशन गायक तथा संगीतकार बिजय घिमिरे स्वयमले गरेका छन । आकर्षक शैलीमा प्रस्तुत भीडीयोमा घिमिरेको अलावा श्रीमती प्रिती सँगै प्रमिता राना, ज्योत्सना योगीको बेजोड अभिनय रहेको छ । सार्वजनिक कार्यक्रममा उपस्थित संगीतकर्मीले घिमिरेले गरेको कार्यको प्रसंसा गरे । अत्याधुनिक प्रविधीको प्रयोग सँगै भिडियो बजारमा ल्याएको छु, मुल्याङकन गर्ने जिम्मा दर्शकलाई नै दिएको छु ‘घिमिरेले भने’ । गीतमा शब्द संगीत पनि विजयको नै रहेको छ भने संजीत श्रेष्ठले खिचेको भिडियोलाई निशान घिमिरेले सम्पादन गरेका छन । उक्त गितको भीडीयो भने निर्देशक रोहन नेपालीले गरेका छन यूट्युबबाट नै आफ्नो साङितिक यात्रा शुरु गरेका भिजे-प्रितीको चर्चा दिनानुदिन चुलिदो छ । करिब ३५००० भन्दा बढि सब्स्क्राइबर रहेको उनिहरुको यूट्युब च्यानल मार्फत बिभिन्न शैलीका नया – पुराना गितको म्यासअप कभर गीत बाट अझ चर्चित छ यो जोडी । लण्डनमा स्थाइ बसोबास गर्दै आएको यो जोडीले गतमहिना मात्र नेपाल भ्रमणका क्रममा पोखरा सहित करिब आधा दर्जन स्थानमा कार्यक्रम गर्यो, दर्शक स्रोताको अत्यधिक साथ पाएकोमा दङग छन उनिहरु । आउँदा दिनहरुमा अझ फरक ढंगमा प्रस्तुतभै नेपाली संगीत क्षेत्रमा नयाँ आयाम ल्याउने कुरामा ढुक्क रहेको बताउछन घिमिरे । उनी भन्छन, यो त ट्रेलर मात्र हो आउँदादिनमा दर्शकलाई फरकपन दिन सदा तत्पर रहनेछु ।
म्यूजिक भीडीयो सुन्नको लागि तल प्ले गर्नुहोला ।

गोर्खा अनलाईन रेडियो सुन्नको लागि IOS प्रयोगकर्ता हरुले यहाँ क्लिक गर्नुहोला र ANDROID तथा कुनै पनि साधनबाट सुन्नको लागि यहाँ क्लिक गर्नुहोला । यदि हामीलाई सम्पर्क गर्न चाहनुहुन्छ भने यहाँ क्लिक गर्नुहोला । साथै तलका मोबाईल एप्लिकेशनबाट पनि सुन्न सक्नुहुनेछ । Untitled-1

SHARE:

संबन्धित शिर्षकहरु

ताजा अपडेट

दसैँको टीकाको उत्तम साइत कात्तिक ४ गते बिहान १०ः२६ बजे

लन्डनमा नेपालीको घरमा राति लुटपाट, प्रतिकार गर्दा दम्पतीमाथि आक्रमण

लन्डनमा नेपालको ९२ वर्षे कूटनीतिक विरासत, २४औँ राजदूतमा गौरव शमशेर राणा

गोर्खा आन्दोलन सफल नभएसम्म भोजभतेर र राजनीतिक कार्यक्रममा नजाने भेट्रान राईको घोषणा

गोर्खा समस्या समाधान गर्न बेलायत सरकारलाई डिसेम्बर ३१ सम्म अल्टिमेटम, माग पूरा नभए आन्दोलन गर्ने

लन्डनका फेसन उद्यमी लामिछानेको फाउण्डेशनले बाढीपीडितलाई एक करोड ७ लाख प्रदान

फ्लाईदुबईको विमान साउदीमा आकस्मिक अवतरण, पाइलटले खसाल्न खोजेको नेतन्याहुको दाबी

संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभा सम्पन्न, छलफल कृत्रिम बुद्धिमत्तामा केन्द्रित