स्वर्गीय पत्रकार बोहोराको परिवारलाई सहयोग गर्न पत्रकारहरु जुटे

15171142_10211170683081334_1863636116699093537_nलन्डन । दुई दशकदेखि सुदूरपश्चिमलाई आफ्नो कर्मथलो बनाउँदै आएका पत्रकार स्वर्गीय कर्ण बोहोराको परिवारको सहयोगार्थ बेलायतका पत्रकारहरु जुटेका छन् । नेपाल पत्रकार महासंघ, बेलायतले आर्थिक संकलन अभियान शुरु गरेको हो । मृगौला पीडित श्रीमतीको उपचारका लागि काठमाडौँ आएका बेला २०७३ मंसिर १० गते ३८ वर्षको उमेरमा बोहोराको भेनस अस्पतालमा निधन भएको थियो । उनको निधनबाट उनकी मृगौला पीडित ३७ वर्षीया पत्नी पत्रकार ममता बोहोराको जीवन अन्यौलमा छ भने ७२ वर्षीय आमा र चार नाबालक भतिजाभतिजीको सहारा गुमेको छ । बोहोरा जन्मिनु तीन महिनाअघि नै उनको पिताको निधन भइसकेको थियो भने दाजु भाउजु दुवैको असामयिक मृत्युपछि चारजना भतिजा भतिजीको पालनपोषणको जिम्मा उनैले लिएका थिए । उनी आफैँ पनि मुटुरोगबाट पीडित थिए । उनको दाहसंस्कारका बेला पशुपति आर्यघाटमा उनकी वयोवृद्ध आमाको वियोगान्त तस्वीरले सबैलाई मर्माहत बनाएको थियो ।
नेपाल पत्रकार महासंघले पनि आर्थिक संकलन अभियान शुरु गरेको छ । उनका परिवारजन र हितैषीहरुले देशविदेशबाट सक्दो सहयोग गर्न अनुरोध गरेको र पत्रकार दम्पत्तीमाथि आइलागेको यस्तो महाविपत्तिमा सकेको सहयोग गर्नु मानवीय दायित्व ठानी नेपाल पत्रकार महासंघ यूकेले सहयोग संकलन शुरु गरेको अध्यक्ष नरेश खपांगीमगरले जनाए । सहयोगका लागि नेपाल पत्रकार महासंघ यूकेको निम्न बैँक खातामा सहयोग जम्मा गरिदिन महासंघले सबै सहयोगी दयालु महानुभावहरुमा विनम्र अनुरोध गरेको छ ।
बैंक विवरण:-
FNJ UK
A/C 13299961
sort code 20-16-99
Barclays Bank
Reference : Please put your name

गोर्खा अनलाईन रेडियो सुन्नको लागि IOS प्रयोगकर्ता हरुले यहाँ क्लिक गर्नुहोला र ANDROID तथा कुनै पनि साधनबाट सुन्नको लागि यहाँ क्लिक गर्नुहोला । यदि हामीलाई सम्पर्क गर्न चाहनुहुन्छ भने यहाँ क्लिक गर्नुहोला । साथै तलका मोबाईल एप्लिकेशनबाट पनि सुन्न सक्नुहुनेछ । Untitled-1

SHARE:

संबन्धित शिर्षकहरु

ताजा अपडेट

दसैँको टीकाको उत्तम साइत कात्तिक ४ गते बिहान १०ः२६ बजे

लन्डनमा नेपालीको घरमा राति लुटपाट, प्रतिकार गर्दा दम्पतीमाथि आक्रमण

लन्डनमा नेपालको ९२ वर्षे कूटनीतिक विरासत, २४औँ राजदूतमा गौरव शमशेर राणा

गोर्खा आन्दोलन सफल नभएसम्म भोजभतेर र राजनीतिक कार्यक्रममा नजाने भेट्रान राईको घोषणा

गोर्खा समस्या समाधान गर्न बेलायत सरकारलाई डिसेम्बर ३१ सम्म अल्टिमेटम, माग पूरा नभए आन्दोलन गर्ने

लन्डनका फेसन उद्यमी लामिछानेको फाउण्डेशनले बाढीपीडितलाई एक करोड ७ लाख प्रदान

फ्लाईदुबईको विमान साउदीमा आकस्मिक अवतरण, पाइलटले खसाल्न खोजेको नेतन्याहुको दाबी

संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभा सम्पन्न, छलफल कृत्रिम बुद्धिमत्तामा केन्द्रित