बेलायती महारानी समक्ष्य राजदूत सुवेदीद्वारा ओहोदाको प्रमाणपत्र पेश -अडियो सहित

get_img-1लन्डन, यहि डिसेम्बर १ तारिख अर्थात मङ्सिर १६ गतेका दिन बेलायतका लागि नवनियुक्त नेपाली राजदूत डा. दुर्गा बहादुर सुवेदीले बकिङहम प्यालेसमा आयोजित एक विशेस समारोहकाबीच बेलायती महारानी समक्ष ओहदाको प्रमाणपत्र पेश गरेका छन् । बेलायतमा राजदूतले आफ्नो ओहोदाको प्रमाण पेश गर्न जाँदा विशेष बग्गीमा जानुपर्ने परम्परा अनुसार नै राजदूत सुवेदी आफ्नी श्रीमती सहित बकिङहम प्यालेस पुगेका थिए । राजदूत सुवेदीले सेप्टेम्बर २९ देखि लन्डन दूतावासमा आफ्नो पदभार ग्रहण गरेका थिए ।15272242_1791867071067539_306800187187003151_oआफ्नो ओहोदा बुझाउने क्रममा रास्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री पुष्पकमल दाहाल “प्रचण्ड” द्वारा पठाईएको शुभकामना शन्देश प्रस्तुत गर्नुका साथै मित्रराष्ट्र बेलायत र नेपालबीच दुई सय वर्ष पुरानो सम्बन्धले आफ्नो कार्यकालमा अझ बढी सुदृढ र प्रभावकारी बन्ने विश्वास ब्यक्त गरेका थिए । अन्तमा नेपाली दूतावासमा एक रिसेप्सन कार्यक्रमको आयोजना गरिएको थियो । रिसेप्सनमा संयुक्त अधिराज्यका मार्सल (शिष्टाचार महापाल), सार्क र बिमस्टेक मुलुकका राजदूत र उच्चायुक्तहरु, बेलायती सांसद र लर्डस्, मेयरहरु, नेपालका लागि पूर्व बेलायती राजदूतहरु एवं ब्रिटेन नेपाल सोसाइटी लगायत नेपाली संघसंस्थाका प्रमुखहरुको उपस्थिति थियो ।get_img बेलायतका लागि नेपाली राजदूत डा. दुर्गाबहादुर सुवेदीले बेलायती महारानी समक्ष आफ्नो ओहदाको प्रमाणपत्र पेश गरिएको सम्बन्धमा नेपाली दूतावास लन्डनका प्रवक्ता सरदराज आरनले दूतावासको तर्फबाट जारी प्रेस विज्ञप्तिको पूर्ण अंश प्रस्तुत यसप्रकार छ ।


फोटो साभार नेपाल खबर/मिलन तमु

गोर्खा अनलाईन रेडियो सुन्नको लागि IOS प्रयोगकर्ता हरुले यहाँ क्लिक गर्नुहोला र ANDROID तथा कुनै पनि साधनबाट सुन्नको लागि यहाँ क्लिक गर्नुहोला । यदि हामीलाई सम्पर्क गर्न चाहनुहुन्छ भने यहाँ क्लिक गर्नुहोला । साथै तलका मोबाईल एप्लिकेशनबाट पनि सुन्न सक्नुहुनेछ । Untitled-1

SHARE:

संबन्धित शिर्षकहरु

ताजा अपडेट

लन्डनमा नेपालीको घरमा राति लुटपाट, प्रतिकार गर्दा दम्पतीमाथि आक्रमण

लन्डनमा नेपालको ९२ वर्षे कूटनीतिक विरासत, २४औँ राजदूतमा गौरव शमशेर राणा

गोर्खा आन्दोलन सफल नभएसम्म भोजभतेर र राजनीतिक कार्यक्रममा नजाने भेट्रान राईको घोषणा

गोर्खा समस्या समाधान गर्न बेलायत सरकारलाई डिसेम्बर ३१ सम्म अल्टिमेटम, माग पूरा नभए आन्दोलन गर्ने

लन्डनका फेसन उद्यमी लामिछानेको फाउण्डेशनले बाढीपीडितलाई एक करोड ७ लाख प्रदान

फ्लाईदुबईको विमान साउदीमा आकस्मिक अवतरण, पाइलटले खसाल्न खोजेको नेतन्याहुको दाबी

संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभा सम्पन्न, छलफल कृत्रिम बुद्धिमत्तामा केन्द्रित

गायिका तथा मोडल रिया खत्रीको ‘यूके शहर’ सार्वजनिक