लन्डन, बेलायतका लागि नेपालका नवनियुक्त राजदूत डा. दुर्गा बहादुर सुवेदीद्वारा यहि आउँदो डिसेम्बर १ तारिख २०१६ तदनुसार १६ मंगसिर २०७३ का दिन आफ्नो ओहोदाको प्रमाणपत्र (क्रेडेन्सियल) बुझाउने कार्यक्रम भएको हुँदा संयुक्त अधिराज्य सरकारको सुरक्ष्या निकायको अनुरोध बमोजिम उक्त दिन बिहान ११:३० देखि दिउँसो १३:०० बजेसम्म नेपाली दूतावास लन्डनद्वारा गरिंदै आएका नियमित कामकारवाहीहरु राहदानी, भीसा र कन्सुलर सम्बन्धि सेवाहरु बन्द हुनेछन । साथै उक्त दिन दिउँसो १३:०० बजे पश्चात सम्पूर्ण कामकारवाही नियमित रुपमा संचालन हुने र उक्त दिनका लागि दूतावासले साँझ १९:०० सम्म आफ्नो कार्य संचालन गर्ने जानकारी नेपाली दुतावासका प्रवक्ता शरद राज आरनले प्रेस बिज्ञप्ति मार्फत जानकारी गराएका छन् ।
गोर्खा अनलाईन रेडियो सुन्नको लागि IOS प्रयोगकर्ता हरुले यहाँ क्लिक गर्नुहोला र ANDROID तथा कुनै पनि साधनबाट सुन्नको लागि यहाँ क्लिक गर्नुहोला । यदि हामीलाई सम्पर्क गर्न चाहनुहुन्छ भने यहाँ क्लिक गर्नुहोला । साथै तलका मोबाईल एप्लिकेशनबाट पनि सुन्न सक्नुहुनेछ ।