लन्डन,यहि आउँदो डिसेम्बर ४ तारिख आइतवारका दिन वरिष्ठ समाजसेवी इन्दिरा रानामगरको उपस्थितीमा लन्डनस्थित फेल्थम कम्युनिटी कलेजमा एक च्यारिटी डिनर कार्यक्रमको आयोजना हुदैछ । बेलायतका नेपाली राजदूत डा.दुर्गा बहादुर सुवेदीको प्रमुख आतिथ्यमा सम्पन्न हुन् गैरहेको उक्त कार्यक्रम हिलिंडन गोर्खा नेप्लिज कम्युनिटी र हिलिंडन गोर्खा नेप्लिज कम्युनिटी यूथ तथा नेपाल आदिवासी जनजाती महिला महासंघ यूकेको संयुक्त आयोजनामा हुन गइराखेको छ । नेपालमा भएका बन्दि तथा कैदीहरु र तिनका बालबच्चाहरुमाथि भइरहेको मानव अधिकारको हनन र तिनीहरुलाई पालन पोषण शिक्ष्या स्वास्थ्य लगायतका विभन्न क्षेत्रमा सहयोग पुर्याउदै तथा आवाज उठाउँदै आएकी इन्दिरा रानामगर अन्तर्राष्ट्रिय स्तरको वल्ड चिल्ड्रन प्राईज अनरेरी अवार्डबाट समेत सम्मानित भैसकेकी छन् । ‘प्रिजनर्स एसिस्टेन्स नेपाल’ संस्थाकी अध्यक्ष समेत रहेकी रानामगर युरोपका बिभिन्न युनिभर्सिटीहरुमा आफ्नो अनुभबहरु साटासाट गर्ने उद्देश्यले युरोप भ्रमणमा आएकी हुन् ।
करिब दुइ दशक भन्दा लामो समय यस क्षेत्रमा बिताइसकेकी इन्दिराले हालसम्म जेलबाट एक हजार भन्दा बढि बालबालिकाहरुको उद्द्वार गरिसकेकी छन् । ‘प्रिजनर्स एसिस्टेन्स नेपाल’ को सहयोगार्थ गर्न लागिएको उक्त च्यारिटी कार्यक्रममा इन्दिरा रानामगरको सम्बोधनका साथै सान्गीतिका कार्यक्रमको पनि आयोजना गरिने भएको छ | स्थानीय गायिका सितु रिमाल खरेल र गायक भिम निरौला, चर्चित कोरियोग्राफर तथा नृत्यांगना सरु रानामगर, यूके डान्स अफको पब्लिक च्वाइसमा तेस्रो स्थान रहेकी प्रतिष्ठा त्रिपाठी लगायतले आ-आफ्नो प्रस्तुति देखाउनेछन। साथै बेलायतमा भएका सम्पूर्ण संघ संस्थाहरुलाई पनि कार्यक्रममा संलग्न गराउने उद्देश्य रहेको आयोजकले बताएका छन् ।
गोर्खा अनलाईन रेडियो सुन्नको लागि IOS प्रयोगकर्ता हरुले यहाँ क्लिक गर्नुहोला र ANDROID तथा कुनै पनि साधनबाट सुन्नको लागि यहाँ क्लिक गर्नुहोला । यदि हामीलाई सम्पर्क गर्न चाहनुहुन्छ भने यहाँ क्लिक गर्नुहोला । साथै तलका मोबाईल एप्लिकेशनबाट पनि सुन्न सक्नुहुनेछ ।