यूके डान्स अफ २०१६ मा जेनी सुनुवार

Jeni Sunuwarलन्डन, सपन इन्टरटेनमेन्ट लिमिटेड यूकेद्वारा आयोजित “यूके डान्स अफ” २०१६ मा आफ्ना ८ प्रतिस्पर्धीहरुलाई पछि पार्दै जेनी सुनुवारले उपाधी हात पार्न सफल भएकी छन् । २७ नोभेम्बरका दिन बेलायतस्थित सामुयल कोडी स्पोर्ट्स सेन्टर फार्नबरोमा भएको उक्त प्रतियोगाताले सुनुवारलाई उपाधि प्रदान गरेको छ । नेपालकी चर्चित कोरियोग्राफर रिनासा बान्तवा राई, निर्माता निर्देशक मिलन चाम्स, नायिका प्रियेंका कार्की, नायक संजय गुप्ता लगायतको निर्णायक मण्डलद्वारा गरिएको चयनको आधारमा प्रतियोगिताको दोश्रो स्थानमा काजल गुरुङ, तेश्रो स्थानमा पुनम गुरुङ र रिजा, नेहा, एन्जोल समूह भएको घोषणा गरेको थियो ।img_5586kangan प्रतियोगितामा प्रथम हुनेलाई एक हजार दुई सय पाउण्ड, दोश्रो हुनेलाई ८ सय पाउण्ड र तृतीय हुनेलाई ५ सय पाउण्ड नगद पुरस्कार प्रमाणपत्रको ब्यबस्था गरिएको थियो । प्रतियोगीहरुको छनौटप्रक्रियामा ट्युबको आधारमा २५ प्रतिशत, अडियन्सबाट २५ प्रतिशत र निर्णायक समितिबाट ५० प्रतिशत अंक प्रदान गरिएको थियो । बेलायतका लागि नेपाली राजदूत डा. दुर्गा बहादुर सुवेदीको प्रमुख आतिथ्यमा सम्पन्न उक्त कार्यक्रमको पहिलो चरणको संचालन नेपालबाट आएका संचारकर्मी नरेश भट्टराईले गरेका थिए भने दोस्रो चरणको कार्यक्रम सरला थापा र सूर्य गुरुंगले गरेका थिए ।img_5592kangan कार्यक्रममा नायिका प्रियेंका कार्कीको नृत्यले सबैलाई उत्साहित बनाएको थियो भने आरके स्क्वाएरद्वयको प्रस्तुतिले पनि थप मनोरंजन प्रदान गरेको थियो । सन् २००८ मा ‘ट्यालेन्ट हट’ गरेपछि करिब ८ वर्षको अन्तरालमा सपन इन्टरटेन्मेन्ट लिमिटेडले परिमार्जित रुपमा “यूके डान्स अफ” को आयोजना गरेको हो । कार्यक्रममा प्रमुख अतिथि राजदूत सुवेदीद्वारा नगद तथा प्रामानपत्र प्रदान गरिएको थियो । यूके डान्स अफको लागि १५ वटा टिमको सहभागिता रहेता पनि फिनालेको लागि १० वटा टिमहरु आर्टिष्ट कल्चर ग्रूप, सविता एण्ड ग्रूप, जेनी सुनुवार, काजल गुरुङ, रीचा एण्ड स्नेहा, पुनम गुरुङ ,श्रद्दा, प्रतिष्ठा त्रिपाठी, योजना थापा र प्रमिला तामांग चयन गरिएको थियो जसमध्ये प्रतियोगी नम्बर १ ले भने आफ्नो विशेष कारणले गर्दा सहभागिता जनाउन सकेन ।img_5597kangan

गोर्खा अनलाईन रेडियो सुन्नको लागि IOS प्रयोगकर्ता हरुले यहाँ क्लिक गर्नुहोला र ANDROID तथा कुनै पनि साधनबाट सुन्नको लागि यहाँ क्लिक गर्नुहोला । यदि हामीलाई सम्पर्क गर्न चाहनुहुन्छ भने यहाँ क्लिक गर्नुहोला । साथै तलका मोबाईल एप्लिकेशनबाट पनि सुन्न सक्नुहुनेछ । Untitled-1

SHARE:

संबन्धित शिर्षकहरु

ताजा अपडेट

दसैँको टीकाको उत्तम साइत कात्तिक ४ गते बिहान १०ः२६ बजे

लन्डनमा नेपालीको घरमा राति लुटपाट, प्रतिकार गर्दा दम्पतीमाथि आक्रमण

लन्डनमा नेपालको ९२ वर्षे कूटनीतिक विरासत, २४औँ राजदूतमा गौरव शमशेर राणा

गोर्खा आन्दोलन सफल नभएसम्म भोजभतेर र राजनीतिक कार्यक्रममा नजाने भेट्रान राईको घोषणा

गोर्खा समस्या समाधान गर्न बेलायत सरकारलाई डिसेम्बर ३१ सम्म अल्टिमेटम, माग पूरा नभए आन्दोलन गर्ने

लन्डनका फेसन उद्यमी लामिछानेको फाउण्डेशनले बाढीपीडितलाई एक करोड ७ लाख प्रदान

फ्लाईदुबईको विमान साउदीमा आकस्मिक अवतरण, पाइलटले खसाल्न खोजेको नेतन्याहुको दाबी

संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभा सम्पन्न, छलफल कृत्रिम बुद्धिमत्तामा केन्द्रित