लन्डन, एक्सेस फाइनान्सियल सर्भिसेस यूकेको नामबाट संचालन हुँदै आएको एक नेपाली कम्पनीलाई बेलायतकै अन्य दुईवटा एक्सेस र एक्सेस इन्सुरेन्स नामका कम्पनीहरुले दावी गरेपछि उक्त कम्पनीले आफ्नो नाम परिवर्तन गरि ए स्टार फाइनान्सियल सोलुसन्स् यूकेका नामबाट आफ्नो सेवा सुविधाहरुलाई निरन्तरता दिदैं जाने भएको छ । सन् २०१२ देखि संचालनमा आएको एक्सेस फाइनान्सियल सर्भिसेस यूकेले ट्रेडमार्क दर्ता गराउने क्रममा अन्य कम्पनीको दावी परेको हो । ए स्टार फाइनान्सियल सोलुसन्स् कम्पनी हाउस, आइपिओ तथा फाइनान्सियल कन्डक्ट अथोरिटीमा रजिष्टर्ड भइसकेकाले कम्पनीको नाम परिवर्तनका कारण सेवाग्राहीहरुलाई अन्यौलमा नपर्न एक्सेस फाइनान्सियल सर्भिसेस यूकेका प्रिन्सिपल तथा नेपाली मुलका पहिलो इण्डिपेन्डेन्ट फाइनान्सियल एडभाइजर मीन दर्लामीले आग्रह गरेका छन् ।
एक्सेस फाइनान्सियल सर्भिसेस यूकेले आफ्नो स्थापनाकालदेखि बेलायतवासी नेपालीहरुलाई आवश्यक पर्ने रेसिडेन्सियल मोर्गेज, रिमोर्गेज, कमर्सियल मोर्गेज, लाइफ इन्स्योरेन्स, बिल्डिङ तथा कन्टेन्ट इन्स्योरेन्स, वील तथा स्टेट प्लानिङ, पेन्सन तथा इन्भेष्टमेन्ट सहित वन स्टप फाइनान्सियल सर्भिसेजहरु प्रदान गरिरहेको थियो । कम्पनीले नेपाली भाषालाई जगेर्ना गर्ने उदीश्य्ले विभिन्न स्थानहरुमा फाइनान्सियल अवस्था तथा जनचेतनामूलक कार्यक्रमहरु पने गर्दै आएको थियो जसमा फाइनान्सियल एडभाइजर, टयाक्स एडभाइजर, सोलिसिटर, फ्युनरल प्लानर, वील राइटरहरुले निशुल्क परामर्श दिएका थिए ।
यस वर्ष मात्रै करिब ३० मिलियन पाउण्ड भन्दा बढीको व्यावसायिक आर्थिक कारोबारको ब्यबस्थापन गरेको उक्त कम्पनीमा इण्डिपेन्डेन्ट फाइनान्सियल एडभाइजर मीन दर्लामी सहित रमेश सराङकोटी तथा रविन श्रेष्ठ मोर्गेज तथा प्रोटेक्सन एडभाइजर र कुमार गुरुङ प्याराप्लानर अफिस म्यानेजरका रुपमा कार्यरत छन् ।
गोर्खा अनलाईन रेडियो सुन्नको लागि IOS प्रयोगकर्ता हरुले यहाँ क्लिक गर्नुहोला र ANDROID तथा कुनै पनि साधनबाट सुन्नको लागि यहाँ क्लिक गर्नुहोला । यदि हामीलाई सम्पर्क गर्न चाहनुहुन्छ भने यहाँ क्लिक गर्नुहोला । साथै तलका मोबाईल एप्लिकेशनबाट पनि सुन्न सक्नुहुनेछ ।