पुनःनिर्माण र लगानीमा केन्द्रित छौं — एनआरएन उपाध्यक्ष पन्त

15135752_10208970302713196_2560729431950592592_nकाठमाडौं— विदेशमा रहेका नेपालीको लगानी कसरी नेपालमा भित्र्याउन सकिन्छ भन्ने विषयमा इन्डोनेसियाको बालीमा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ। एशिया प्यासिफिक क्षेत्रमा रहेका गैरआवासीय नेपालीले आयोजना गरेको बाली समिटमा विभिन्न मुलुकमा रहेर व्यवसाय गर्दै आएका नेपालीहरु सहभागी भएका छन्। बैंकिङ, लगानी र उद्यमशीलता शिर्षकमा विभाजन गराएर प्यानल छलफल गराइएको कार्यक्रममा प्रमुख अतिथिको रुपमा नेपाल राष्ट्र बैंकको वैदेशिक विनिमय व्यवस्थापन विभागका निर्देशक भीष्मराज ढुंगाना सहभागी थिए । ‘नेपालको विकासका लागि’ भन्ने अवधारणा केन्द्रित सो कार्यक्रममा सहभागी हुँदै गैरआवासीय नेपाली संघ (एनआरएनए) का उपाध्यक्ष तथा जर्मनी केन्द्रित व्यवसायी कुमार पन्तले विश्वभरि छरिएर रहेका नेपालीले लगानी नेपाल लगानी लानसक्ने औंल्याए । 15202732_10208970302833199_4860488971435841758_nएनआरएनएको उद्देश्य सुरुदेखि नै लगानी नेपाल भित्र्याउने रहेको उल्लेख गर्दै उनले भूकम्पका कारण लगानीको विषय छायाँमा परेको उल्लेख गरे। ‘भूकम्पका कारण हामी राहात र पुनःनिर्माण केन्द्रित भएपनि अब फेरि लगानी केन्द्रित छौं’, उनले भने, ‘विदेशमा रहेका साना नेपाली लगानीकर्ता समेट्दै हामी नेपाल लगानी लैजाने योजना बनाइरहेका छौं । ’कार्यक्रममा एनआरएनएका विभिन्न पदमा रहेका नेपाली व्यवसायीले आ-आफ्नो अनुभवका आधारमा बैंकिङ र उद्यमशीलता विषयमा धारणा राखेका थिए।

गोर्खा अनलाईन रेडियो सुन्नको लागि IOS प्रयोगकर्ता हरुले यहाँ क्लिक गर्नुहोला र ANDROID तथा कुनै पनि साधनबाट सुन्नको लागि यहाँ क्लिक गर्नुहोला । यदि हामीलाई सम्पर्क गर्न चाहनुहुन्छ भने यहाँ क्लिक गर्नुहोला । साथै तलका मोबाईल एप्लिकेशनबाट पनि सुन्न सक्नुहुनेछ । Untitled-1

SHARE:

संबन्धित शिर्षकहरु

ताजा अपडेट

दसैँको टीकाको उत्तम साइत कात्तिक ४ गते बिहान १०ः२६ बजे

लन्डनमा नेपालीको घरमा राति लुटपाट, प्रतिकार गर्दा दम्पतीमाथि आक्रमण

लन्डनमा नेपालको ९२ वर्षे कूटनीतिक विरासत, २४औँ राजदूतमा गौरव शमशेर राणा

गोर्खा आन्दोलन सफल नभएसम्म भोजभतेर र राजनीतिक कार्यक्रममा नजाने भेट्रान राईको घोषणा

गोर्खा समस्या समाधान गर्न बेलायत सरकारलाई डिसेम्बर ३१ सम्म अल्टिमेटम, माग पूरा नभए आन्दोलन गर्ने

लन्डनका फेसन उद्यमी लामिछानेको फाउण्डेशनले बाढीपीडितलाई एक करोड ७ लाख प्रदान

फ्लाईदुबईको विमान साउदीमा आकस्मिक अवतरण, पाइलटले खसाल्न खोजेको नेतन्याहुको दाबी

संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभा सम्पन्न, छलफल कृत्रिम बुद्धिमत्तामा केन्द्रित