विनोदविक्रम केसी ,दशौं पटक आमरण अनशनमा बसेका छन्, एउटा क्रान्तिकारी र मानवतावादी चिकित्सक डा. गोविन्द केसी। एक्लै सत्यको लडाइँ लडिरहेका छन्। गरिब नेपाली जनताले एउटा ट्याब्लेट नपाएर ज्यान गुमाउन नपरोस् भन्ने अत्यन्त चोखो ध्येयले आफ्नो ज्यान पटक–पटक दाउमा राखिरहेका छन्। जसको व्यक्तिगत नामको कुनै अभीष्ट छैन। जसको जिन्दगीको शब्दकोशमा लालच, लालसा, लिप्सा, लोभजस्ता अश्लील शब्दहरू छैनन्। जुनसुकै दृष्टिकोण, जुनसुकै वाद, जुनसुकै सिद्धान्तले परिभाषा गरे पनि जो ‘असल व्यक्ति’ बाहेक अर्काे हुनै सक्दैन। त्यही असल व्यक्ति अहिले दशौं पटक आमरण अनशनमा छन्। र, ठीक यतिखेर यो देशको हरेक असल मान्छे सवालको कठघरामा छ– के उसले यसरी चुपचाप बसेर डा. केसीलाई मर्न दिन पाउँछ? असल मान्छेहरूको मौनता सबैभन्दा घातक हुन्छ भन्थे, आइरिस राजनीतिज्ञ एडमन्ड बर्क। उनी भन्थे, ‘दुष्टहरूको विजयका निम्ति एउटै चिज आवश्यक हुन्छ– असल मान्छेहरूले केही पनि नगरिदिनु।’ राज्य डा. केसीलाई मार्न उद्यत छ। नत्र उनको यति निर्मम ढंगले उपेक्षा गरिने थिएन। राज्य यसै पनि हिंस्रक हुन्छ। अझ हरेक क्रान्तिकारी, विद्रोही र असल मान्छेको हत्या उसका निम्ति एउटा वनभोज हो, ऊ तृप्तिको एउटा डकार छोड्छ। बाँकी पढ्नको लागि यहाँ क्लिक गर्नुहोला ।
सुन्नको लागि तल प्ले गर्नुहोला ।
गोर्खा अनलाईन रेडियो सुन्नको लागि IOS प्रयोगकर्ता हरुले यहाँ क्लिक गर्नुहोला र ANDROID तथा कुनै पनि साधनबाट सुन्नको लागि यहाँ क्लिक गर्नुहोला । यदि हामीलाई सम्पर्क गर्न चाहनुहुन्छ भने यहाँ क्लिक गर्नुहोला । साथै तलका मोबाईल एप्लिकेशनबाट पनि सुन्न सक्नुहुनेछ ।