तमुधि यूके ज्ञाम गुरुङको नेतृत्वमा

gyamjpgलन्डन, बेलायतस्थित नेपाली संस्थाहरुमध्यको सबैभन्दा ठूलो र प्रभावशाली संस्थाको रुपमा रहेको तमुधि यूकेले आगामी २ वर्षे कार्यकालको लागि अध्यक्ष्य पदमा ज्ञाम गुरुङलाई निर्विरोध चयन गरेको छ । गुरुङले यस अघिको कार्यकालमा उपाध्यक्ष्यको पद सम्हाल्दै आएका थिए । तमुधि यूकेका अध्यक्ष्य सूर्य (रामचन्द्र) गुरुंगको अध्यक्ष्यतामा सम्पन्न साधारण सभामा वरिष्ठ उपाध्यक्ष्य ज्ञाम गुरुङले स्वागत मन्तव्य प्रस्तुत गरेका थिए । नयाँ कार्यकालको लागि उपाध्यक्ष्य पदमा नन्दजंग गुरुङ र हितकाजी गुरुङ पनि निर्विरोध रुपमा नै चयन भएका छन । साथै महासचिवमा कृष्ण गुरुङ, सचिवमा तुलाराम गुरुङ, दिपक गुरुङ कोषाध्यक्ष्य, कुमार गुरुङ सह-कोशाध्यक्ष्य, रोहित गुरुङ प्रवक्ता, क्या.पिताम्बर गुरुङ खेलकुद सचिव, लैंच कुमार गुरुङ प्रोपर्टी सचिव, कृष्ण गुरुङ संस्कृतिक सचिव, एसके गुरुङ र मान गुरुङ वेब सम्बन्धि रहेका छन् भने मिलन तमु फोटोग्राफरमा चयन भएका छन् । तमुधि यूकेको भवन मिचेटमा यहि शनिबार भएको साधारणसभाले नयाँ कार्यसमितिको चयन गरेको हो । दोस्रो चरणको कार्यक्रममा निर्वाचन समितिका संयोजक एकेन्द्र गुरुङ, सदस्य हरि कुमार काजि गुरुङ र क्या. रि. तीर्थमान गुरुङले निर्वाचन कार्यक्रमलाई सम्पन्न गरेका थिए । फोटो मिलन तमु

गोर्खा अनलाईन रेडियो सुन्नको लागि IOS प्रयोगकर्ता हरुले यहाँ क्लिक गर्नुहोला र ANDROID तथा कुनै पनि साधनबाट सुन्नको लागि यहाँ क्लिक गर्नुहोला । यदि हामीलाई सम्पर्क गर्न चाहनुहुन्छ भने यहाँ क्लिक गर्नुहोला । साथै तलका मोबाईल एप्लिकेशनबाट पनि सुन्न सक्नुहुनेछ । Untitled-1

SHARE:

संबन्धित शिर्षकहरु

ताजा अपडेट

लन्डनमा नेपालीको घरमा राति लुटपाट, प्रतिकार गर्दा दम्पतीमाथि आक्रमण

लन्डनमा नेपालको ९२ वर्षे कूटनीतिक विरासत, २४औँ राजदूतमा गौरव शमशेर राणा

गोर्खा आन्दोलन सफल नभएसम्म भोजभतेर र राजनीतिक कार्यक्रममा नजाने भेट्रान राईको घोषणा

गोर्खा समस्या समाधान गर्न बेलायत सरकारलाई डिसेम्बर ३१ सम्म अल्टिमेटम, माग पूरा नभए आन्दोलन गर्ने

लन्डनका फेसन उद्यमी लामिछानेको फाउण्डेशनले बाढीपीडितलाई एक करोड ७ लाख प्रदान

फ्लाईदुबईको विमान साउदीमा आकस्मिक अवतरण, पाइलटले खसाल्न खोजेको नेतन्याहुको दाबी

संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभा सम्पन्न, छलफल कृत्रिम बुद्धिमत्तामा केन्द्रित

गायिका तथा मोडल रिया खत्रीको ‘यूके शहर’ सार्वजनिक