लन्डन, नेपाल-बेलायत कूटनीतिक सम्बन्ध स्थापना भएको २०० औ वर्ष गाँठ मनाइ रहेको अवस्थामा एकजाना भूतपूर्व गोर्खा सैनिक दौडन गएको अवस्थामा ३ जना व्यक्ति द्वारा बेलायतको नटिंगहम भन्ने स्थानमा कुटिएका छन् । फोर्सेस टीभीले उल्लेख अनुसार हातमा सावेल समेत बोकेका ब्यक्तिमध्येले ६० वर्षीय लोकेन्द्र लिम्बुलाई मुक्कै मुकाले हानेर ढालेका थिए । कुटाई पश्चात केहि समय बेहोश समेत भएका लिम्बुले शुरुमा उक्त कुरा कसैलाई पनि जानकारी गराएनन । पछि थाहा पाएपछि छोरी तेजा लिम्बुले उपचारार्थ अस्पताल पुर्याएकी थिइन् । देशकोलागि सेवा गरेका ६० वर्षीय आफ्ना पितालाई गरिएको यस्तो व्यबहारबाट आफू आश्चर्यचकित हुदै दुखी भएको बताएकी थिइन् । १५ वर्षसम्म गोर्खा सैनिकको रुपमा काम गरेका लिम्बुले फकल्याण्डको युद्धमा समेत लडेका थिए । घटनाको बारेमा नटिंगहामशायर प्रहरीले उक्त घटनको बारेमा छानबिन गरिरहेको पनि फोर्सेस टीभीले उल्लेख गरेको छ । फोर्सेस टीभी स्काई टीभीको २६४ च्यानलमा, भर्जीन टीभीको २७७ च्यानलमा र फ्रीस्याट को ६५२ मा हेर्न सकिनेछ । साभार-फोर्सेस टीभी तथा बीबीसी
गोर्खा अनलाईन रेडियो सुन्नको लागि IOS प्रयोगकर्ता हरुले यहाँ क्लिक गर्नुहोला र ANDROID तथा कुनै पनि साधनबाट सुन्नको लागि यहाँ क्लिक गर्नुहोला । यदि हामीलाई सम्पर्क गर्न चाहनुहुन्छ भने यहाँ क्लिक गर्नुहोला । साथै तलका मोबाईल एप्लिकेशनबाट पनि सुन्न सक्नुहुनेछ ।