Home > Blog > “यूके डान्स अफ” मा कसलाई जिताउनुहुन्छ ?

“यूके डान्स अफ” मा कसलाई जिताउनुहुन्छ ?

Listen Gurkha Radio (गोर्खा रेडियो सुन्नुहोस)


लन्डन, सपन इन्टरटेनमेन्ट यूकेद्वारा आयोजना गरिएको “यूके डान्स अफ” २०१६ को लागि गत शनिबारका दिन अल्डरसटको प्रिन्सेस हलमा अडिशन कार्यक्रम सम्पन्न भएको छ । नोभेम्बर २७ तारिखका दिन हुन् गइरहेको ग्राण्ड फिनालेका लागि १५ सहभागीहरुमध्यबाट टप टेनको छनौट गरिएको छ । टप टेन हुनेहरुको नृत्यलाई युट्युब मार्फत सार्वजनिक गरिएको छ । अन्तिम नातिजाको लागि युट्युबबाट २५ प्रतिशत, अडियन्सबाट २५ प्रतिशत र निर्णायक समितिबाट ५० प्रतिशत अंक प्रदान गरिनेछ । टप टेनमा पर्नेहरुमा सबिता एण्ड ग्रूप, आर्टिष्ट कल्चर ग्रूप, प्रतिष्ठा त्रिपाठी, प्रमिला तामांग, श्रद्दा छन्तेल, जेनी सुनुवार, पुनम गुरुङ, , काजल गुरुङ, योजना थापा, रीचा एण्ड स्नेहा, रहेका छन् । कार्यक्रममा नेपालकी चर्चित कोरियोग्राफर रिनासा बान्तवा राई निर्णायक र इभेन्ट एम्बासडर रहेकी छिन । कार्यक्रममा प्रथम हुनेलाई एक हजार दुई सय पाउण्ड, दोश्रो हुनेलाई ८ सय पाउण्ड र तृतीय हुनेलाई ५ सय पाउण्डको पुरस्कार तथा प्रमाण-पत्र प्रदान गरिनुका साथै म्यूजिक भीडीयो तथा फिल्ममा खेल्ने अवसर पनि प्रदान गरिने आयोजकले बताएका छन् । कार्यक्रमको ग्राण्ड फिनाले २७ नोभेम्बरका साँझ सामुयल कोडी स्पोर्टस सेन्टर फार्नबरोमा हुने कार्यक्रममा भने नेपालकी लोकप्रिय नायिका प्रियंका कार्की तथा दयाहांग राईको पनि उपस्थिति रहने भएको छ । युट्युबमार्फत आफ्नो मन परेको टिम वा व्यक्तिलाई विजय गराउन चाह्नुहुन्छ भने तलको भीडीयोमा क्लिक गरेर आफू लगायत आफन्तहरु समक्ष्य शेयर गर्न सक्नुहुनेछ ।

१. सबिता एण्ड ग्रूप

२. आर्टिष्ट कल्चर ग्रूप

३.प्रतिष्ठा त्रिपाठी

४. प्रमिला तामांग

५. श्रद्दा छन्तेल

६. जेनी सुनुवार

७. पुनम गुरुङ

८.काजल गुरुङ

९. योजना थापा

१०. रीचा एण्ड स्नेहा,

गोर्खा अनलाईन रेडियो सुन्नको लागि IOS प्रयोगकर्ता हरुले यहाँ क्लिक गर्नुहोलाANDROID तथा कुनै पनि साधनबाट सुन्नको लागि यहाँ क्लिक गर्नुहोला । यदि हामीलाई सम्पर्क गर्न चाहनुहुन्छ भने यहाँ क्लिक गर्नुहोला । साथै तलका मोबाईल एप्लिकेशनबाट पनि सुन्न सक्नुहुनेछ Untitled-1

गोर्खा अनलाईन रेडियो सुन्नको लागि IOS प्रयोगकर्ता हरुले यहाँ क्लिक गर्नुहोलाANDROID तथा कुनै पनि साधनबाट सुन्नको लागि यहाँ क्लिक गर्नुहोला । यदि हामीलाई सम्पर्क गर्न चाहनुहुन्छ भने यहाँ क्लिक गर्नुहोला । साथै तलका मोबाईल एप्लिकेशनबाट पनि सुन्न सक्नुहुनेछ Untitled-1