गोरे सम्वाददाता, हाल स्विट्जरल्यान्डमा बस्दै आएका चर्चित गायक सुभाष सुन्दासद्वारा स्वरबद्ध गीत “आधा गाग्रो पानी” बोलको गीतको म्यूजिक भीडीयो सार्वजनिक भएको छ । जुन गीतलाई आफ्नो गीती एल्वम “उड्न देउ” मार्फत यस अघि नै सार्वजनिक गरिसकेका छन् । इमेज च्यानल मार्फत प्रथम पहिलो पटक सार्वजनिक गरिएको उक्त म्यूजिक भीडीयोलाई हाइलाइटस नेपालले युट्युबमार्फत सार्वजनिक गरेको छ । मोहन राज अधिकारीको निर्देशनमा तयार भएको म्यूजिक भीडीयोमा गायक सुन्दास र साथमा रेनुका सिंह ठकुरीको अभिनयका साथै मनोरम दृश्यहरुको पनि अवलिकन गर्न पाइनेछ । प्रकाश क्षणिकको शब्द, कल्याण सिंहको संगीत र सुभाष सुन्दाषको स्वरमा सजिएको यस म्यूजिक भीडीयोको छायांकनमा अमृत सुनुवार, सम्पादनमा माधव बेलबासे तथा कोरियोग्राफीमा कमल साउदले भूमिका निर्वाह गरेका छन् । उनले बजारमा ल्याएका गीतहरु नाच्यो झिल्के, नक्कली र माया हो जस्ता गीतहरु निकै लोकप्रिय भैसकेका छन् । “माया हो ” बोलको गीत १८औँ इमेज अवार्ड २०१६ मा उक्कृष्ट गायन विधाको मनोनयनमा समेत परेको थियो । विशेषगरी यूरोपका नेपालीहरुबीचमा निकै लोकप्रिय बन्दै गएका गायक सुभाष देश विदेशमा बस्ने नेपालीहरुको मन जित्न सफल हुनुका साथै थुप्रै पटक सम्मानित समेत भइसकेका छन् । हालै सार्वजनिक गरिएको म्यूजिक भीडीयो “आधा गाग्रो पानी” हेर्नको लागि तलको प्ले बटनमा क्लिक गर्नुहोला ।
गोर्खा अनलाईन रेडियो सुन्नको लागि IOS प्रयोगकर्ता हरुले यहाँ क्लिक गर्नुहोला र ANDROID तथा कुनै पनि साधनबाट सुन्नको लागि यहाँ क्लिक गर्नुहोला । यदि हामीलाई सम्पर्क गर्न चाहनुहुन्छ भने यहाँ क्लिक गर्नुहोला । साथै तलका मोबाईल एप्लिकेशनबाट पनि सुन्न सक्नुहुनेछ ।