अल्डरशट । समाजसेवी डा. बिष्णुमाया परियारलाई बेलायतमा आयोजित एक समारोहका बीच सम्मान गरिएको छ । सृजनशील समाजले आईतबार अल्डरशटको भेटघाट रेष्टुरेन्टमा उनको सम्मान गरेको हो । सृजनशील समाजका अध्यक्ष सुक बहादुर सुनारले नेपालका दलित समुदायको उत्थानमा योगदान पुर्याए बापत डा। बिष्णुमाया परियारलाई सम्मानपत्र प्रदान गरेका थिए । सम्मानपछि बोल्दै डा।बिष्णुमाया परियारले आफूले संचालन गरेको छात्रबृति र लधुबित्त कार्यक्रमले सबै समुदायलाई समेटेको चर्चा गरेकी थिईन् । कार्यक्रममा संस्थाका संरक्षक शेर बहादुर सुनार सहित अन्य पदाधिकारीहरु बिकास रनपैली , कुमार सुनार , राजकुमार सुनार , चेत बहादुर परियार , दिलीप मोहरा लगाएतले डा। बिष्णुमायाको योगदानको चर्चा गर्दै समाजमा भएको बिभेद हटाउन सबै समुदायको सहयोग हुनुपर्ने बिचार राखेका थिए । कार्यक्रममा नेत्र सुनार , सुमन गौतम , प्रमिला तामागं र संगिता गैरे लगाएतका कलाकारहरुले गीत र नृत्य प्रस्तुत गरेका थिए । नेपाली परम्परागत लोकबाजा पन्चेबाजा पनि प्रस्तुत गरिएको थियो । समाजका महासचिव धन बहादुर सार्कीले संचालन गरेको कार्यक्रममा उपाध्यक्ष भक्त बहादुर परियारले स्वागत गरेका थिए । यस अघि शनिबार गोर्खा समाज युकेले आयोजना गरेको च्यारिटी कार्यक्रममा डा। बिष्णुमाया परियारलाई डा.बाबुराम भटटराईले सम्मान गरेका थिए ।डा. बिष्णुमाया परियार गोर्खा समाज युकेको निमन्त्रणामा बेलायत आएकी थिईन् ।
सन् १९९९ मा अमेरिका आएकी डा. विष्णुमायाले दलित महिला उत्थान संघ मार्फत नेपालका बालबालिकालाई छात्रबृत्ति र महिलाहरुलाई आत्म निर्भर बनाउन लघु बित्त कार्यक्रमहरु संचालन गरिरहेकी छिन । हालसम्म उनले संचालन गरेको अभियानबाट १२ हजार भन्दा बढी बालबालिकाहरु र ५ हजार भन्दा बढी महिलाहरु प्रत्यक्ष लाभान्वित भएका छन् । डा. विष्णुमाया परियारलाई सन् २००६ मा संयुक्त राष्टसंघले ५ हजार डलरसहित ह्युमन राईट्स अवार्ड दिएको थियो । उनलाई २००७ मा वल्र्ड बैंकले ११ हजार डलर सहित अवार्ड दिएको थियो, भने सन् २००६ मा हावर्ड विश्वविद्यालयले ब्रिज विल्डर अवार्डबाट सम्मान गरेको थियो । उनलाई पाइन म्यानर कलेजले सन् २०१३ मा अनररी डक्टरेट (वियोन्ड द पीएचडी) ले सम्मान गरेको थियो। डा. विष्णुमाया परियारको सम्मानमा अमेरिकाको केन्टकीको लुईभिल शहरले सेप्टेम्बर २७ लाई डा. विष्णुमाया परियार डे’ मनाउने गरेको छ ।
गोर्खा अनलाईन रेडियो सुन्नको लागि IOS प्रयोगकर्ता हरुले यहाँ क्लिक गर्नुहोला र ANDROID तथा कुनै पनि साधनबाट सुन्नको लागि यहाँ क्लिक गर्नुहोला । यदि हामीलाई सम्पर्क गर्न चाहनुहुन्छ भने यहाँ क्लिक गर्नुहोला । साथै तलका मोबाईल एप्लिकेशनबाट पनि सुन्न सक्नुहुनेछ ।
डा. बिष्णुमाया परियारलाई बेलायतमा सम्मान
डा. बिष्णुमाया परियारलाई बेलायतमा सम्मान
![](https://gurkharadio.com/wp-content/uploads/2016/11/15101917_10154141949402883_1704017546_o.jpg)
तपाईको प्रतिक्रिया