लण्डन दूतावासद्वारा डा. भट्टराईलाई भेट्न पत्रकारमाथि रोक

article-2314000-19751575000005dc-79_634x422लन्डन । बेलायतका लागि नेपाली राजदूत डा. दुर्गाबहादुर सुवेदीले लन्डनस्थित नेपाली दूतावासमा हुने कार्यक्रममा नबोलाइएको भन्दै सञ्चारकर्मीले आक्रोस पोखेका छन् । नयाँ शक्ति नेपालका संयोजक एवं पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईसँग बेलायतमा रहेका राजनीतिक दलका प्रतिनिधिबीच शुक्रबार साँझ दूतावास भवनमा आयोजित अन्तरक्रिया कार्यक्रममा राजदूत डा. सुवेदीले कुनै पनि सञ्चारकर्मीलाई बोलाएनन् । अन्तरक्रियामा बेलायतस्थित नेपालका सबै राजनीतिक दलका भ्रातृ संस्थाका नेता तथा कार्यकर्ता उपस्थिति थिए । शनिवार बिहान पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईको अन्तर्वार्ताका लागि लन्डन दूतावास जान लागेको नेपाली टिभी यूकेको टोली र लन्डनस्थित नागरिक संवाददता चिरन शर्मालाई दूतावास भवनभित्र कुनै पनि नेताको अन्तरर्वार्ता रेकर्ड गर्न नमिल्ले भन्दै रोक लगाइएको थियो । नेपाली टीभी यूकेका निर्देशक विजय थापाले दूतावासको पछिल्लो निर्णय गलत भएको बताए । अहिलेसम्म नेपालका शीर्ष नेताहरुको अन्तरर्वार्ता त्यही दूतावासभित्रै रेकर्ड हुर्दै आएको भए पनि पूर्वप्रधानमन्त्री डा. भट्टराईको अन्तरर्वार्ता रेकडिङ गर्न अचानक रोकिनु पूर्वाग्रही भएको थापाले बताए । राजदूतले नयाँ नीतिका नाममा दुतावासलाई सर्वसाधारणको पहुँचबाट टाढा राख्न खोजेको भन्दै असन्तुष्टिसमेत व्यक्त गरे । दूतावासमा मिडिया नीति बदलिएको भन्दै नेपाल पत्रकार महासंघ बेलायतका पूर्वअध्यक्षसमेत रहेका शर्माले राजदूतको ध्यानाकर्षण गराएका छन् । उनले राजदूत दुर्गाबहादुर सुवेदीलाई आइतबार नै एक ध्यानाकर्षण पत्र लेख्दै– ‘पूर्वप्रधानमन्त्री भट्टराईसँग आयोजित अन्तरक्र्रियामा सञ्चारकर्मीलाई रोकिनु निन्दनीय भएको बताएका छन् । सुरक्षा नीति तथा सम्वेदनशील कुरामा दखल हुने कार्यक्रममा दूतावासले लिने निर्णयप्रति पूर्ण सम्मान र आदर रहेको स्मरण उनले राजदूत सुवेदीलाई लेखेको पत्रमा उल्लेख छ ।
ध्यानाकर्षण गराइएपछि राजदूत सुवेदीले भविष्यमा राजदूतावासले विभिन्न कार्यक्रमहरुमा मिडियासँग सहकार्य गर्नेबारेमा सल्लाह गर्दै जाने बताए । राजदूतावासका उपनियोग प्रमुख तथा प्रवक्ता शरदराज आरणसँग निकट रहेर कार्य गर्दा पत्रकारलाई सहज होला भन्ने आशासमेत उनले राखेका छन् ।

गोर्खा अनलाईन रेडियो सुन्नको लागि IOS प्रयोगकर्ता हरुले यहाँ क्लिक गर्नुहोला र ANDROID तथा कुनै पनि साधनबाट सुन्नको लागि यहाँ क्लिक गर्नुहोला । यदि हामीलाई सम्पर्क गर्न चाहनुहुन्छ भने यहाँ क्लिक गर्नुहोला । साथै तलका मोबाईल एप्लिकेशनबाट पनि सुन्न सक्नुहुनेछ । Untitled-1

SHARE:

संबन्धित शिर्षकहरु

ताजा अपडेट

दसैँको टीकाको उत्तम साइत कात्तिक ४ गते बिहान १०ः२६ बजे

लन्डनमा नेपालीको घरमा राति लुटपाट, प्रतिकार गर्दा दम्पतीमाथि आक्रमण

लन्डनमा नेपालको ९२ वर्षे कूटनीतिक विरासत, २४औँ राजदूतमा गौरव शमशेर राणा

गोर्खा आन्दोलन सफल नभएसम्म भोजभतेर र राजनीतिक कार्यक्रममा नजाने भेट्रान राईको घोषणा

गोर्खा समस्या समाधान गर्न बेलायत सरकारलाई डिसेम्बर ३१ सम्म अल्टिमेटम, माग पूरा नभए आन्दोलन गर्ने

लन्डनका फेसन उद्यमी लामिछानेको फाउण्डेशनले बाढीपीडितलाई एक करोड ७ लाख प्रदान

फ्लाईदुबईको विमान साउदीमा आकस्मिक अवतरण, पाइलटले खसाल्न खोजेको नेतन्याहुको दाबी

संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभा सम्पन्न, छलफल कृत्रिम बुद्धिमत्तामा केन्द्रित