काठमान्डौ, नेपाली क्रिकेट समर्थक हरुको एकमात्र प्रतिनिधि संस्था नेपाली क्रिकेट समर्थक समाजको ऐतिहासिक प्रथम साधारण सभा काठमाडौंमा सम्पन्न भएको छ । काठमाडौं कलंकीमा सम्पन्न उक्त साधारणसभामा एनसीएसएस मा आवद्ध देशैभरिका प्रतिनिधिको उत्साहजनक उपस्तिथि रहेको थियो । साधारणसभाले आगामी २ वर्षव कार्यकालको लागि भानु सिग्देलको अध्यक्षतामा ९ सदस्यीय कार्यसमिति सर्बसम्मतिले निर्बाचित गरेको छ । निर्वाचित कार्यसमितिको उपाध्यक्षमा मिलन श्रेष्ठ , सचिबमा बिमल पौडेल ,सहसचिब बिराज घिमिरे तथा कोशाध्यक्ष प्रमोद बज्राचार्य रहेका छन । यस्तै सदस्यहरुमा नारायण पराजुली, कपिल श्रेष्ठ, श्वेता चालिसे र तपेन्द्र जोशी चुनिएका छन । नेपाली क्रिकेट प्रशासन शुन्यतामा चलिरहेको र सरकार र मन्त्रालयबाट क्रीकेटको संरक्षणमा पर्याप्त भूमिका नखेलेको अवस्थामा सम्पूर्ण समर्थकको आवाजलाइ सम्बोधन गर्दै स्थापना भएको यस संस्थाले यसअघि उल्लेख्य काम गर्दै जनस्तरमा बिश्वास बटुलिसकेको छ । आफ्नो शाखालाई अझै उचाइमा लैजान संस्थाले आगामी दिनमा गरिने नीति तथा कार्यक्रमहरु समेत आजको साधारणसभा द्वारा पारित गरेको छ।जसमा आगामी वर्षमा एनसीएसएस कपको नाममा क्रीकेट प्रतियोगिता गराउने, जिल्लास्तरमा संस्थाको शाखा बिस्तार गर्ने, विभिन्न कर्पोरेट हाउस, मिडिया ,क्रीकेटका सरोकारवालासग सम्पर्क बिस्तार गर्ने, समर्थकहरुको आवाजलाई खेलकुद मन्त्रालय राखेपमा पुर्याउन समन्वयकारी भुमिका खेल्ने, ओझेलमा परेका प्रतिभाहरुलाइ अवसर प्रदान गर्दै राष्ट्रिय टोलिमा प्रवेशको लागि मार्गदर्शन गर्दैलैजाने लगायतका अन्य कार्यक्रमहरु नीति तथा कार्यक्रममा समाबेश रहेका छन । नेपाली क्रिकेट समर्थक समाजमा हाल २१ जना संस्थापक सदस्य, २६ जना आजिवन सदस्य ७ जना साधारण सदस्य र ६३ जना एसोसिएट सदस्यहरु आवद्द रहेका छन भने सामाजिक सन्जालमा एक लाख ७८ हजार जनाले ऐक्यबद्धता जनाएका छन।
गोर्खा अनलाईन रेडियो सुन्नको लागि IOS प्रयोगकर्ता हरुले यहाँ क्लिक गर्नुहोला र ANDROID तथा कुनै पनि साधनबाट सुन्नको लागि यहाँ क्लिक गर्नुहोला । यदि हामीलाई सम्पर्क गर्न चाहनुहुन्छ भने यहाँ क्लिक गर्नुहोला । साथै तलका मोबाईल एप्लिकेशनबाट पनि सुन्न सक्नुहुनेछ ।