बेलायतमा नृत्य प्रतियोगिता” यूके डान्स अफ” को भव्य तयारी


14963245_10154505196236251_4356251818609086510_nलन्डन, बेलायतमा हुन् लागेको नृत्य प्रतियोगिता ” यूके डान्स अफ” को अडिशन यहि नोभेम्बर १२ तारिखका दिन अल्डरसटस्थित प्रिन्सेस हलमा हुने भएको छ । सपन इन्टरटेनमेन्ट लिमिटेड यूकेद्वारा आयोजना गरिएको उक्त कार्यक्रम २७ नोभेम्बरमा हुनेछ भने अडिशनका लागि पूर्व तयारि भइसकेकोआयोजक तथा सपन इन्टरटेनमेन्टका प्रवन्ध निर्देशक सपन कुमार राईले बताएका छन् । शुरुमा समूहगत रुपमा मात्र प्रतियोगितामा छनौट गर्ने घोषणा गरिएको भएता पनि सहभागीहरुलाई मध्यनजर राख्दै एकल नृत्यमा पनि सहभागिता जनाउन पाउने व्यवस्था आयोजकले गरेको छ । साथै उमेरको हदबन्दीलाइ पनि सहज पर्दै सबैलाई समेट्ने उद्देश्यले १६ वर्षबाट घटाएर १५ वर्ष पारिएको आयोजक राईले बताएका छन् । सन् २००८ मा सपन इन्टरटेन्मेन्ट लिमिटेडले ‘ट्यालेन्ट हट’ गरेपछि करिब ८ वर्षको अन्तरालमा परिमार्जित रुपमा “यूके डान्स अफ” को आयोजना गर्न लागेको हो । कार्यक्रममा नेपालकी चर्चित कोरियोग्राफर रिनासा बान्तवा राई निर्णायक र इभेन्ट एम्बासडर रहेकी छिन । कार्यक्रममा प्रथम हुनेलाई एक हजार दुई सय पाउण्ड, दोश्रो हुनेलाई ८ सय पाउण्ड र तृतीय हुनेलाई ५ सय पाउण्डको पुरस्कार तथा प्रमाण-पत्र प्रदान गरिनुका साथै म्यूजिक भीडीयो तथा फिल्ममा खेल्ने अवसर पनि प्रदान गरिने आयोजकले बताएका छन् । 14938313_1345272408825052_8629972728132304605_n१२ नोभेम्बरका दिन हुन् गईरहेको अडिशनमा सहभागीहरुले कुनै पनि गीतमा आफ्नो नृत्य प्रस्तुत गर्नुपर्ने छ । तेस्तै गरि कार्यक्रमको ग्राण्ड फिनाले २७ नोभेम्बरका साँझ सामुयल कोडी स्पोर्टस सेन्टर फार्नबरोमा हुने कार्यक्रममा भने नेपालकी लोकप्रिय नायिका प्रियंका कार्की तथा दयाहांग राईको पनि उपस्थिति रहने भएको छ । प्रमुख सल्लाहकारहरुमा एनआरएनए यूके पूर्व अध्यक्ष सूर्य गुरुङ र डा. कपिल रिजाल रहने छन् भने कानूनी सल्लाहकारमा सोलिसिटर राजु थापालाई तोकिएको छ । कार्यक्रमका लागि धेरै बेलायात्वासीहरुले चासो देखाएको र कार्यक्रम सोचेअनुरूप सफल हुनेमा आफू विश्वस्त रहेको आयोजक तथा प्रबन्ध निर्देशक सपन कुमार राईले बताएका छन् । प्रमुख सल्लाहकारहरुमा एनआरएनए यूके पूर्व अध्यक्ष सूर्य गुरुङ र डा. कपिल रिजाल रहने छन् भने कानुनी सल्लाहकारमा सोलिसिटर राजु थापालाई तोकिएको छ ।

गोर्खा अनलाईन रेडियो सुन्नको लागि IOS प्रयोगकर्ता हरुले यहाँ क्लिक गर्नुहोला र ANDROID तथा कुनै पनि साधनबाट सुन्नको लागि यहाँ क्लिक गर्नुहोला । यदि हामीलाई सम्पर्क गर्न चाहनुहुन्छ भने यहाँ क्लिक गर्नुहोला । साथै तलका मोबाईल एप्लिकेशनबाट पनि सुन्न सक्नुहुनेछ । Untitled-1

SHARE:

संबन्धित शिर्षकहरु

ताजा अपडेट

दसैँको टीकाको उत्तम साइत कात्तिक ४ गते बिहान १०ः२६ बजे

लन्डनमा नेपालीको घरमा राति लुटपाट, प्रतिकार गर्दा दम्पतीमाथि आक्रमण

लन्डनमा नेपालको ९२ वर्षे कूटनीतिक विरासत, २४औँ राजदूतमा गौरव शमशेर राणा

गोर्खा आन्दोलन सफल नभएसम्म भोजभतेर र राजनीतिक कार्यक्रममा नजाने भेट्रान राईको घोषणा

गोर्खा समस्या समाधान गर्न बेलायत सरकारलाई डिसेम्बर ३१ सम्म अल्टिमेटम, माग पूरा नभए आन्दोलन गर्ने

लन्डनका फेसन उद्यमी लामिछानेको फाउण्डेशनले बाढीपीडितलाई एक करोड ७ लाख प्रदान

फ्लाईदुबईको विमान साउदीमा आकस्मिक अवतरण, पाइलटले खसाल्न खोजेको नेतन्याहुको दाबी

संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभा सम्पन्न, छलफल कृत्रिम बुद्धिमत्तामा केन्द्रित