लन्डन, गोर्खा सत्याग्रहा संयुक्त समितिले समान पेन्सन लगायतका मागहरु राख्दै बेलायती प्रधानमन्त्रीको कार्यालय अगाडी पटक पटक प्रदर्शनी गर्दै आइरहेको छ । तेस्तै गरि पछिल्लो पटक यहि नोभेम्बर ७ तारिखबाट बेलायती प्रधानमन्त्रीको कार्यालय अगाडी आमरण अनसन बस्ने तयारि गरिएपनि हालका लागि उक्त अनसन लगायतका सम्पूर्ण कार्यक्रमहरु अनिश्चित कालका लागि स्थगित गरिएको एक बिज्ञप्ति मार्फत जानकारी गराइएको छ । समितिका कार्यवाहक संयोजक सूर्य नेम्वांगद्वारा सोमबार बेलायती प्रधानमन्त्रीको कार्यालय अगाडी टेन डाउनिंग स्टिटमा आयोजित एक कार्यक्रममार्फत अनिश्चित कालका लागि आमरण अनसन स्थगित गरिएको घोषणा गरिएको थियो । भूपू गोर्खाहरुको मागलाई वार्ताको माध्यमबाट समाधान गर्नको लागि बेलायत सरकार तयार रहेको हुँदा आफ्ना मागहरु वार्ताबाटै समाधान हुनुपर्ने आफ्नो मान्यता अनुरुप नोभेम्बर ७ बाट १३ दिने सामूहिक रिले अनसन र नोभेम्बर २१ बाट आमरण अनसन बस्ने कार्यक्रमलाई स्थगित गरिएको हो । गत आइतवार नेपाली दूतावास लण्डनमा बेलायतका लागि नेपाली राजदूत डा. दुर्गाबहादुर सुवेदीसंग भएको भेटघाटमा डिसेम्बर भित्रमा वार्ताको पहल गर्ने आश्वाशन पाएपछि आफ्नो आन्दोलनलाई तत्कालका लागि स्थगित गर्ने निर्णय गरेका हुन् । बेलायत सरकारको सकारात्मक धारणा, नेपाल सरकारको पहल र बेलायतस्थित प्रमुख संघसंस्थाहरुको अनुरोधमा अनसन कार्यक्रमलाई स्थगित गरेको विज्ञप्ति मार्फत उल्लेख गरिएको थियो । नेपालका परराष्ट्रमन्त्री डा. प्रकाशशरण महतले बेलायती सरकारलाई भूपू गोर्खालीहरुको समस्या समाधानका लागि लेखेको एक पत्र राजदूत सुवेदी मार्फत एमओडी समक्ष्य प्रस्तुत गरेपछि गतहप्ता मात्र बेलायती रक्ष्या मन्त्रालयले वार्ताद्वारा समस्या समाधान गर्नको लागि पहल गर्न नेपाली दूतावास लन्डनमा पत्र पठाउँदै अनसन लगायतको कार्य नगर्न अनुरोध गरेको थियो । भूपू गोर्खालीहरुले समान पेन्सन, वयस्क छोराछोरीहरुलाई बिना शर्त आवासीय भीसा, नेपालमा रहेका भूपू गोर्खा लगायत तिनका परिवारको सम्पूर्ण स्वास्थ्य सुविधा तथा कटौती अर्थात रिडनड़ेंसीमा परेकालाई पनि औपचारिक पेन्सनको व्यबस्था गरिनुपर्ने जस्ता मागहरु राख्दै आइरहेका छन् । फोटो साभार-गोर्खा सत्याग्रह यूके
प्रस्तुत विज्ञप्तिको पूर्ण अंश हेर्नको लागि तलको प्ले बटनमा क्लिक गर्नुहोला ।
गोर्खा अनलाईन रेडियो सुन्नको लागि IOS प्रयोगकर्ता हरुले यहाँ क्लिक गर्नुहोला र ANDROID तथा कुनै पनि साधनबाट सुन्नको लागि यहाँ क्लिक गर्नुहोला । यदि हामीलाई सम्पर्क गर्न चाहनुहुन्छ भने यहाँ क्लिक गर्नुहोला । साथै तलका मोबाईल एप्लिकेशनबाट पनि सुन्न सक्नुहुनेछ ।