नेपाली सांगीतिक आकाशमा फरक पहिचान बनाएर चर्चाको शिखरमा पुगेकी गायीका सोना अमात्यले आफ्नो तेस्रो एल्बमबाट “ तिम्रो र मेरो सम्बन्ध ” गितको म्यूजिक भीडीयो सार्वजनिक भएको छ । सार्वजानिक गीतमा संगीत राहुल प्रधानको तथा शब्द गायीका सोनाको रहेको छ भने उक्त भीडीयोमा ईशान र गायीका सोनाको अभिनय रहेको छ ।चर्चित भिडियो निर्देशक प्रसन्नको निर्देशनमा बनेको म्यूजीक भीडीयो प्रसन्नले नै छायांकन गरेका छन् भने हिमाल जोशीले सम्पादन गरेका हुन् । उक्त भीडीयोमा प्रेम, मिलन र बिछोडलाई प्रस्तुत गरिएको छ । बहुमुखी प्रतिभाको धनी गायीका सोना अमात्य पछीलो समयमा पाश्र्व गायनमा पनि व्यस्त छन भने विभिन्न कार्यक्रममा पनि गायीका सोनाले दर्शकको मन र माया जीत्दै आएकी छीन् । गायीका सोना अमात्यको यो भन्दा अगाडि “पल पल” गीत बाट नेपाली सांगीतिक क्षेत्रमा आफ्नो छुट्टै पहिचान र चर्चाको शिखर बनाउनु सफल भएकी थिइन् ।
म्यूजिक भीडीयो हेर्नको लागि तलको प्ले बटनमा क्लिक गर्नुहोला ।
गोर्खा अनलाईन रेडियो सुन्नको लागि IOS प्रयोगकर्ता हरुले यहाँ क्लिक गर्नुहोला र ANDROID तथा कुनै पनि साधनबाट सुन्नको लागि यहाँ क्लिक गर्नुहोला । यदि हामीलाई सम्पर्क गर्न चाहनुहुन्छ भने यहाँ क्लिक गर्नुहोला । साथै तलका मोबाईल एप्लिकेशनबाट पनि सुन्न सक्नुहुनेछ ।