लन्डन, समान पेन्सन लगायतका मागहरु राख्दै भूपू गोर्खाहरुले गर्दै आएका मागलाई त्रिपक्षीय वार्ताद्वारा समाधान गर्ने प्रक्रियामा बेलायत सरकार तयार भएको छ । नेपाल सरकारद्वारा भूपू गोर्खाहरुको समस्यालाई वार्ताद्वारा टुंगो लगाउने प्रस्तावलाई बेलायत सरकारले सकारात्मक ढंगले लिंदै उक्त कार्यको संयोजनको लागि बेलायतका लागि नेपाली राजदूत दुर्गा बहादुर सुवेदीलाई बेलायती रक्ष्या मन्त्रालयद्वारा आग्रह गरिएको नेपाली दूतावास लण्डनले जानकारी गराएको छ । करिब २ सय वर्षदेखिको भूपू गोर्खाहरुको समस्यालाई लिएर विभिन्न चरणका आन्दोलन गरिंदै आएपनि बेलायत सरकारले बेवास्ता गरेपछी पुन आमरण अनसन बस्ने तयारि गरिरहेका भूपू गोर्खालीहरुलाई बेलायती रक्ष्या मन्त्रालय (एमओडी) ले अनसन नबस्न आग्रह गर्दै आफूहरुले अनसन बसेको हेर्न नचाहेको भन्दै नेपाली दूतावासलाई एक पत्र लेखेको छ । डिफेन्स भेट्रान संग सम्बन्धित बेलायती रक्ष्या राज्यमन्त्री एमपी मार्क ल्यान्क्यास्टरद्वारा नेपाली दूतावास लण्डनमा पठाएको पत्रानुसार आफूहरु छिट्टै वार्तामा बस्न चाहेको र त्यसको तयारि गर्न भन्दै राजदूत सुवेदीलाई उनको कार्यकालमा बेलायत र नेपालबीचको सम्बन्ध अझ सुद्रीढ हुने भन्दै बधाई सहितको उक्त पत्र नेपाली दूतावास लण्डनमा पठाइएको थियो । परराष्ट्र मन्त्री डा. प्रकाशशरण महतले भूपू गोर्खाहरुको समस्या समाधानका लागि बेलायत सरकारलाई लेखेको पत्र राजदूत सुवेदीले बेलायती रक्ष्या मन्त्रालय (एमओडी) लाई हस्तान्तरण गरेका थिए । भूपू गोर्खालीहरुले समान पेन्सन, वयस्क छोराछोरीहरुलाई बिना शर्त आवासीय भीसा, नेपालमा रहेका भूपू गोर्खा लगायत तिनका परिवारको सम्पूर्ण स्वास्थ्य सुविधा तथा कटौती अर्थात रिडनड़ेंसीमा परेकालाई पनि औपचारिक पेन्सनको व्यबस्था गरिनुपर्ने जस्ता मागहरु राख्दै आइरहेका छन् । नेपाली दूतावासले जारि गरेको बिज्ञप्ति अनुसार नेपाली दुतावास लन्डनद्वारा बेलायत सरकार र गोर्खा सत्याग्रह संयुक्त संघर्ष समिति एवं सम्बद्ध संघसंस्थाका प्रतिनिधिसहितको सहभागितामा चांडो भन्दा चांडो वार्ता गर्ने र गराउने विषयमा समन्वय तथा सहजिकरणका लागि दूतावास तयार रहेको र गोर्खा सत्याग्रह संयुक्त समितिलाई पनि वार्ताको लागि वातावरण तयार गर्नको लागि समेत आग्रह गरेको छ ।
गोर्खा अनलाईन रेडियो सुन्नको लागि IOS प्रयोगकर्ता हरुले यहाँ क्लिक गर्नुहोला र ANDROID तथा कुनै पनि साधनबाट सुन्नको लागि यहाँ क्लिक गर्नुहोला । यदि हामीलाई सम्पर्क गर्न चाहनुहुन्छ भने यहाँ क्लिक गर्नुहोला । साथै तलका मोबाईल एप्लिकेशनबाट पनि सुन्न सक्नुहुनेछ ।