लन्डन, बेलायतमा बढ्दै गैरहेको आप्रवासीहरुलाई नियन्त्रण गर्ने उद्देश्यले बेलायती सरकारले गैर इयूहरुको लागि यहि नोभेम्बर २४ देखि लागू हुने गरि भीसा व्यवस्थामा परिवर्तन गरेको छ । नयाँ व्यवस्था अनुसार विशेषगरी आइटी व्यावासायका लागि भने लाभदायक हुने भएको छ । जस अनुसार पारिश्रमिकमा वृद्धि गर्नुका साथै अंग्रेजी भाषामा पनि थप नियम लागू गर्ने भएको छ । बेलायतको होम अफिसले गत बिहिबार राति नयाँ घोषणा जारि गरि टियर टु इन्ट्रा कम्पनि ट्रान्सफर श्रेणीका लागि न्युनतम पारिश्रमिकमा वृद्धि गरेको छ जसअनुसार पहिलाको २० हजार ८ सय पाउण्डबाट बढाएर ३० हजार पाउण्ड निर्धारित गरेको छ । अनुभवी कामदारका लागि टियर टु को न्युनतम पारिश्रमिक बढाएर २५ हजार पाउण्ड कायम गरेको छ भने टियर टु (आइसीटी) ग्रेजुयट ट्रेनीका लागि पारिश्रमिकको हद्बन्दिलाई घटाएर २३ हजार पाउण्ड कायम गरेको छ । टियर फोरका लागि पनि डक्ट्रेट एक्सटेन्सन स्किमको मेन्टेनेन्स अनिवार्य व्यवस्था गरेको छ । यदि कसैले आफ्ना परिवारका सदस्यहरुलाई अढाई वर्ष भन्दा बढी अवधिको लागि राख्न चाहेमा त्यस्ता व्यक्तिले फाइभ इयर रुट तु रेजिडेन्सी सेटलमेन्ट अनात्र्गत्को प्रक्रिया पूरा गर्नुपर्नेछ । बेलायतको होम अफिसका अनुसार टियर टु मा गरिएको परिवर्तनका दुइ फेजमध्ये पहिलो फेजको घोषणा गत मार्च महिनामा भैसकेकोछ, जस अन्तर्गत इन्डिपेन्डेन्ट माइग्रेसन एडभाइजरी कमिटिले यसको समिक्षा गरेपछि निर्णय गरेको थियो । यदि यो विषयमा यसको विपरित कुनै आदेश नआए यो नीतिलाई २४ नोभेम्बरदेखि लागू गरिने बताइएको छ
गोर्खा अनलाईन रेडियो सुन्नको लागि IOS प्रयोगकर्ता हरुले यहाँ क्लिक गर्नुहोला र ANDROID तथा कुनै पनि साधनबाट सुन्नको लागि यहाँ क्लिक गर्नुहोला । यदि हामीलाई सम्पर्क गर्न चाहनुहुन्छ भने यहाँ क्लिक गर्नुहोला । साथै तलका मोबाईल एप्लिकेशनबाट पनि सुन्न सक्नुहुनेछ ।