गोर्खा रेडियो लाइभ सुन्नुहोस ।
गोर्खा रेडियो, चर्चित गायक अविनाश घिसिंगले आफ्नो पछिल्लो एल्बम “गाउँ छेउ” अन्तर्गत समावेश गरिएको “चुँइ चुँइ चुंईकने जुत्ता” बोलको गीतको म्यूजिक भीडीयो युट्युब मार्फत सार्वजनिक गरेका छन् । जयनन्द लामाको शब्द संगीतमा रहेको यो पूरानो गीतलाई अविनाश घिसिंगले लामाको स्वीकृति लिएर सम्झौता पत्र सहित रीमेक गरेका हुन् । तर उक्त म्यूजिक भीडीयोलाई म्यूजिक नेपालले कपीराइटको दावी गरेपछि गायक अविनाश घिसिंग कानूनी प्रक्रियामा जाने भएका छन् ।
“यो म्युजिक नेपाल जस्तो कलाकार शोशन गर्ने म्युजिक कम्पनी कही कतै देखिन। मेरो बरखरै आएको नयाँ म्युजिक भिडियो आदरणिय दाई जयनन्ढ लामा सित स्विकृत लिएको ( चुई चुई चुईकने जुत्ता ) बोलको गीतलाई म गायक अविनाश घिसिङ दा्रा स्वर बद्दा गरिएको छ ॥ र ऊहाँको लागेको रकम असुल गरिएको म सँग कागज पत्र सहित हुदा हुदै पनि कपीराईट कल्यम गरेको म सर्वजनिक रूपमा म्युजिक नेपालको कलाकार पर्तिको शोशन र अपामानलाई घोर बिरोध र कानुनी प्रकर्ियमा लाग्ने घोशना गर्दछु… अब बल्ला ठाँऊमा पारेको छ । सबै नेपाली कलाकार अन्य कलाकारलाई जस्तो मौन र कामजोर बस्दैन भनेर साबक सिकाएरै छोड्छु हेर्दै जाऊ……म्युजिक नेपालको शोशक सन्चलक….”
यसरि शोसित हुनेमा आफूमात्र पहिलो नभएको र धेरै कलाकारहरु म्यूजिक नेपालद्वारा शोषित हुदैं आइरहेकोले यस्तो किसिमको शोषण र अपमानको विरुद्ध सबैले एक हुनुपर्ने र आफूले केहि परिवर्तन गरेरै छाड्ने उनले फेसबुकको स्टाटसमा उल्लेख गरेका छन् । चुँइ चुँइ चुंइकने जुत्ता बोलको गीतलाई गायक अविनाश घिसिंगद्वारा रिमेक भर्सनमा गाइएको थियो भने भर्खरै मात्र यसको म्यूजिक भीडीयो सहित युट्युब मार्फत सार्वजनिक गरेका छन् ।
उक्त गीतको म्यूजिक भीडीयो हेर्न तलको प्ले बटनमा क्लिक गर्नुहोला ।
गोर्खा अनलाईन रेडियो सुन्नको लागि IOS प्रयोगकर्ता हरुले यहाँ क्लिक गर्नुहोला र ANDROID तथा कुनै पनि साधनबाट सुन्नको लागि यहाँ क्लिक गर्नुहोला । यदि हामीलाई सम्पर्क गर्न चाहनुहुन्छ भने यहाँ क्लिक गर्नुहोला । साथै तलका मोबाईल एप्लिकेशनबाट पनि सुन्न सक्नुहुनेछ ।