धुर्मुस सुन्तलीबाट सरकार र नेताहरुले पनि पाठ सिक्नुपर्छ

10530400591-8-jpgगोर्खा रेडियो, भूकम्प पीडितहरुको लागि धुर्मुस सुन्तली फाउन्डेसनले निर्माण गरेको गिरानचौर एकीकृत नमूना बस्ती तिहारको पहिलो दिन अर्थात कागतिहारको दिन पारेर रास्ट्रपति विद्यादेवी भण्डारी लगायत धुर्मुस सुन्तालीका बा-आमाबाट समुदायलाई हस्तान्तरण गरेका छन् । दशैँ अगाडी नै हस्तान्तरण गर्ने योजना भएपनि मौसमको प्रतिकूलका कारण केहि ढिला हुन गएको थियो । हाँस्य कलाकारद्वय सिताराम कट्टेल (धुर्मुस) र कुन्जमा घिमिरे (सुन्तली) को पहलमा करिब ५ करोड १३ लाख ८५ हजार १ सय ८७ रुपैयाँको लगानीमा उक्त नमूना बस्ति निर्माण भएको हो । ६५ घर, पार्क तथा सामुदायिक भवन सहितको सो बस्ती निर्माण कार्यको लागि करिब ४ महिनामात्र लागेको थियो भने यस्तो बस्ती निर्माणको सपना देखेको एक वर्षभित्र नै धुर्मुस सुन्तलीले आफ्नो सपना पूरा गरेका छन । बस्ती बनाउन जनस्तरबाट ६ करोड १७ लाख १ हजार १ सय ३९ रुपैयाँ संकलन भएको थियो। कुल लागतमध्ये ४ करोड ५२ लाख ४४ हजार २ सय ८७ रुपैयाँ भूक्तानी भइसकेको छ । ६१ लाख ४ हजार ९ सय रुपैयाँ तिर्न बाँकी रहेको धुर्मुस सुन्तली फाउन्डेसानले जानकारी गराइएको छ । उक्त नमूना बस्ती हस्तान्तरण कार्यक्रममा रास्ट्रपति, उद्योगमन्त्री, संसद, लगायत कालाकार महजोडीको पनि उपस्थिति रहेको थियो ।13095823_472403832958573_846987288952966026_n धुर्मुस सुन्तलीको यस कार्यलाई सबैले खुलेर प्रशंसा गरेका थिए भने यसबाट सबैले पाठ सिक्नुपर्ने पनि बताएका थिए । गाउँले हरुले त आफूहरुको लागि धुर्मुस सुन्तली भगवान नै आएको भनेका थिए । चाहेको खण्डमा जनस्तरबाट पनि देश विकास गर्न सम्भव हुन्छ भन्ने कुराको उनीहरुले प्रमाणित गरेका छन् । सरकार तथा नेताहरुद्वारा पनि भूकम्प पीडितहरुलाई पुर्याउन नसकिरहेको अवस्थामा उनीहरु एउटा नमूना बनेका छन् । दुइजना व्यक्तिको पहलमा त यस्तो बस्तीको निर्माण भयो भने जनताले चुनेर पठाएका ६०१ जना सांसद हरुले पनि यसैगरी आफ्नो कर्तव्य पूरा गर्ने हो भने थुप्रै बस्तीहरुको निर्माण हुनेथियो । तर यहाँ देश र जनताको बारेमा भन्दा आफ्नै व्यक्तिगत सुख सुविधाको लागि नै सरकारको समय ब्यतित भईरहेको हुँदा आफूले चुनेर पठाएको नेताहरुबाट जनताहरुले आवश्यक प्रतिफल पाउन सकेकाछैनन । थोपा थोपा मिलेर समुन्द्र बन्छ भन्ने कुरालाई धुर्मुस सुन्तलीले प्रमाणित गरिसकेका छन् तसर्थ यो पाठ सबैले सिकेर अगाडी बढ्ने हो भने देश विकास अवश्य सम्भव हुनेछ । बस्तीबाट देश बनाउने धुर्मुस सुन्तलीको सपाना साकार होस् र उनीहरुको कार्यबाट सबैलाई प्रोत्साहन र हौसला मिलोस । untitled-1-copy

गिरान्चौरमा नाचगान, टिका र पिङको रमाइलो हेर्न तल प्ले गर्नुहोला


फोटो साभार अनलाइन

गोर्खा अनलाईन रेडियो सुन्नको लागि IOS प्रयोगकर्ता हरुले यहाँ क्लिक गर्नुहोला र ANDROID तथा कुनै पनि साधनबाट सुन्नको लागि यहाँ क्लिक गर्नुहोला । यदि हामीलाई सम्पर्क गर्न चाहनुहुन्छ भने यहाँ क्लिक गर्नुहोला । साथै तलका मोबाईल एप्लिकेशनबाट पनि सुन्न सक्नुहुनेछ । Untitled-1

SHARE:

संबन्धित शिर्षकहरु

ताजा अपडेट

दसैँको टीकाको उत्तम साइत कात्तिक ४ गते बिहान १०ः२६ बजे

लन्डनमा नेपालीको घरमा राति लुटपाट, प्रतिकार गर्दा दम्पतीमाथि आक्रमण

लन्डनमा नेपालको ९२ वर्षे कूटनीतिक विरासत, २४औँ राजदूतमा गौरव शमशेर राणा

गोर्खा आन्दोलन सफल नभएसम्म भोजभतेर र राजनीतिक कार्यक्रममा नजाने भेट्रान राईको घोषणा

गोर्खा समस्या समाधान गर्न बेलायत सरकारलाई डिसेम्बर ३१ सम्म अल्टिमेटम, माग पूरा नभए आन्दोलन गर्ने

लन्डनका फेसन उद्यमी लामिछानेको फाउण्डेशनले बाढीपीडितलाई एक करोड ७ लाख प्रदान

फ्लाईदुबईको विमान साउदीमा आकस्मिक अवतरण, पाइलटले खसाल्न खोजेको नेतन्याहुको दाबी

संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभा सम्पन्न, छलफल कृत्रिम बुद्धिमत्तामा केन्द्रित