गोर्खा रेडियो लाइभ सुन्नुहोस,
गोर्खा रेडियो, नेपाली एवं हिन्दूहरुको दोस्रो मुख्य चाडको रुपमा तिहारलाई लिने गरिन्छ । तिहारलाई विशेष गरी ५ दिनसम्म मनाउने गरिन्छ तेसैले तिहारका ५ दिनलाई यमपन्चक पनि भन्ने गरिन्छ । जस अन्तर्गत पहिलो दिन काग तिहार, दोस्रो दिन कुकुर तिहार, तेस्रो दिन लक्ष्मी पूजा, चौथो दिन गोरु पूजा र पाँचौं अर्थात अन्तिम दिन दाजुभाईको पूजा गरि तिहार सम्पन्न गरिन्छ । यमपंचकको बारेमा विभिन्न किम्बदन्ती रहेको पाइन्छ जस अन्तर्गत यम र उनकी बहिनि यमुनाको बारेको प्रसङ्ग बढी प्रचलित रहेको पाइन्छ । मृत्यूका देवता यम आफ्नी बहिनि यामुनासंगा धेरै समयदेखि भेट नभएपछी यमुनालाई आफ्नो दाईसंग भेट्ने इच्छा भएर विभिन्न माध्यममार्फत दाजुलाई भेट्न आउन निमन्त्रणा पठाइन । सर्वप्रथम उनले क्रमश:काग, कुकुर, गाई तथा अन्तमा आफू स्वयं गइ दाजुलाई भेटेकी थिइन् । दाजुलाई भेटेपछि उनले पूजाआजा गरि सप्तरंगी टीका, फूलमाला पहिर्याई तोरीको तेलमा दुबो चोबेर दाजुलाई वरिपरी पानी र तेल मिश्रित सानो धाराले रेखा कोरी नओइलिने फूल मखमलीको माला लगाएर भाईटीका लगाइदिएकी थिइन् । तेसैले यमपन्चकको पाँचौं तथा अन्तिम दिनलाई भाइटीकाको रुपमा मान्ने गरेको प्रचलन छ । सोहि दिनबाट तिहारको पनि समापन गरिन्छ । तिहारमा काग, कुकुर, गाई, गोरु, दाजुभाइ र दिदी बहिनीका अतिरिक्त बलिराजाको पनि पूजा गर्ने चलन छ । प्राचीन कालमा असुरराज बलिले पृथ्वीमा शासन गर्दथे जो एकदमै दानी र धर्मात्मा राजाको नाममा परिचित थिए । विष्णुले वामन अवतार धारण गरी बलि राजासित ब्राह्मणको भेष धारण गरी तीन पाउको स्थान माग गर्दा एक पाउले अन्तरिक्ष र अर्काले पृथ्वी ढाकेपछि तेस्रो पाउ राख्ने ठाउँ माग गर्दा बलि राजाले शिर थापेको र शिरमाथि वामन रूपधारी विष्णुले पाउ राख्दा पातालमा भासिएका थिए । विष्णुले बलि राजाको दानशीलतादेखि प्रभावित भई वर्षमा पाँच दिन कात्तिक कृष्ण त्रयोदशीदेखि कात्तिक शुक्ल द्वितीयासम्म पृथ्वीको शासन गर्ने अधिकार दिई यस समयमा बलि राजाको पूजा गरेमा आफू प्रसन्न हुने वरदान दिएकाले यस पर्वमा बलि राजाको पनि पूजा गर्ने गरिएको भन्ने मान्यता रहेको पाइन्छ । तेसैले द्यौसीभैलो खेल्दा बलिराजाले पठाएको भन्ने गरिन्छ । तिहारको पहिलो दिनमा कुकुरको पूजा गरिन्छ । कागले शुभ समाचार र शन्देश लिएर आउने तथा घर अगाडी आएर काग कराएमा केहि समाचार लिएर आएको भन्ने परम्परागत मान्यता रहेको हुँदा कागको पूजा गर्दै एको हो ।काग अत्यन्त चलाख पक्षी हो। काग सर्वभक्षी प्राणी हो। यसको पूजा गर्नुका विभिन्न कारण छन्। कागले सबैलाई समान दृष्टिले हेर्छ भने यसले अन्नबालीमा लाग्ने कीरा-फट्याङग्राहरू खाइदिन्छ। कागलाई यमराजको सन्देश सुनाउने यमदूतका रूपमा पनि लिइन्छ। काग यमराजको अत्यन्त प्रीय भक्त पनि हो ।
गोर्खा अनलाईन रेडियो सुन्नको लागि IOS प्रयोगकर्ता हरुले यहाँ क्लिक गर्नुहोला र ANDROID तथा कुनै पनि साधनबाट सुन्नको लागि यहाँ क्लिक गर्नुहोला । यदि हामीलाई सम्पर्क गर्न चाहनुहुन्छ भने यहाँ क्लिक गर्नुहोला । साथै तलका मोबाईल एप्लिकेशनबाट पनि सुन्न सक्नुहुनेछ ।