लन्डन, “म त तिम्रो मान्छे बन्न सकिन, तिमीलाई आफ्नो मान्छे भन्न सकिन” चर्चित गायक नरेन्द्र प्यासीको स्वर, निरा पीजीको शब्द अनि राजकुमार बगरको संगीतमा गाइएको यस चर्चित गीतको म्युजिक भीडीयो हालैमात्र सार्वजनिक भएको छ । लण्डनका विभिन्न स्थानमा छायांकन गरिएको यस म्युजिक भीडीयोको छायांकन, सम्पादन तथा निर्देशन लगायतका सम्पूर्ण काम गोबिन्द अर्मजाले गरेकाछन भने अर्मजा फिल्म्सद्वारा युट्युबमा साएवाजनिक गरिएको छ । पशुपति म्युजिक प्रा.लि.ले निकालेको गीतकार निरा पीजीको एल्बम निराशा बाट लिइएको उक्त गीतको म्युजिक भीडीयोमा दिपक थापा “माईथाने” बिमला र बिजयले अभिनय गरेका छन् भने अतिथिको रुपमा गोबिन्द र प्रमिलालाई पनि देख्न सकिनेछ । माया प्रेममा हुने मिलन र बिछोडको कथा व्यथामा आधारित गीतका शब्दहरुलाई नरेन्द्र प्यासीको स्वरद्वारा जीवन्तता दिइएको थियो भने त्यसलाई अझ मुर्त रुप दिनको लागि अर्मजा फिल्म्स यूके लगायत अभिनयमा संलग्न दिपक, बिमला, विजय अनि गोबिन्द र प्रमिलाको महत्वपूर्ण भूमिका रहेको छ ।
म्यूजिक भीडीयो हेर्नको लागि तल प्ले गर्नुहोला ।
गोर्खा अनलाईन रेडियो सुन्नको लागि IOS प्रयोगकर्ता हरुले यहाँ क्लिक गर्नुहोला र ANDROID तथा कुनै पनि साधनबाट सुन्नको लागि यहाँ क्लिक गर्नुहोला । यदि हामीलाई सम्पर्क गर्न चाहनुहुन्छ भने यहाँ क्लिक गर्नुहोला । साथै तलका मोबाईल एप्लिकेशनबाट पनि सुन्न सक्नुहुनेछ ।