लन्डन, पूर्व उपप्रधानमन्त्री तथा राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष्य कमल थपाले आउँदो २९ अक्टोबर शनिबारका दिन लण्डनको अल्डरसटस्तित एम्पायर हलमा गर्न लागिएको एक बृहत अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्ने भएका छन् । आफ्नो २ हप्ते निजि भ्रमणका शिलसिलामा थापा गतहप्तामात्र लन्डन आइपुगेका हुन् । थापालाई स्वागत गर्न बेलायतका लागि नेपाली राजदूत डा. दुर्गा बहादुर सुवेदी तथा नेपाली दूतावासका काउन्सिलर शरदराज आरन हिथ्रो विमानस्थल पुगेका थिए । साथै बेलायतस्थित राप्रपा नेपालको भातृसंस्थाका प्रतिनिधीहरुले समेत थापालाई स्वागत बिमानस्थलमा स्वागत गरेका थिए । राप्रपा नेपालको भातृसंस्था प्रवासी नेपाली एकता समाजद्वारा आयोजना गर्न लागिएको सो अन्तरक्रियामा नेपालको बर्तमान अवस्था, संवृद्ध नेपालका लागि संविधानको कार्यन्वयनका चुनौती र सम्भावना, नेपालको अस्तित्व, मौलिक राष्ट्रियता र संस्कृतिलाई बचाउनका लागि नेपालीहरुले खेल्नुपर्ने भूमिका लगायत राष्ट्रियताका गहण विषयमा थापाले सम्बोधन गर्ने भएका छन् ।
उक्त कार्यक्रममा बिरगंजका पूर्व मेयर तथा तराई नेपाल मधेश पार्टीका प्रबक्ता बिमल श्रीवास्तव, भारतीय पूर्व प्रधानमन्त्री अटल विहारी बाज्पेयीका नेपाल सम्बन्धि परराष्ट्र सल्लाहकार डा. गौतम सेन, प्रोफेशर सूर्य सुवेदी लगायतका अन्य विशिष्ट व्यक्तिहरुले सम्बोधन गर्ने भएका छन् । प्रवासी नेपाली एकता समाज बेलायतका तर्फबाट आयोजना गरिएको उक्त अन्तरक्रिया कार्यक्रम दिउँसो १२ बजेबाट आरम्भ हुने कुरा प्रवासी नेपाली समाजका संस्थापक अध्यक्ष्य रोसन सापकोटाले बताएका छन् । साथै कार्यक्रममा उपस्थित हुनको लागि सम्पूर्ण बेलायातवासिहरुलाई समेत आमन्त्रण गरिएको छ ।
गोर्खा अनलाईन रेडियो सुन्नको लागि IOS प्रयोगकर्ता हरुले यहाँ क्लिक गर्नुहोला र ANDROID तथा कुनै पनि साधनबाट सुन्नको लागि यहाँ क्लिक गर्नुहोला । यदि हामीलाई सम्पर्क गर्न चाहनुहुन्छ भने यहाँ क्लिक गर्नुहोला । साथै तलका मोबाईल एप्लिकेशनबाट पनि सुन्न सक्नुहुनेछ ।