गोर्खा रेडियो,अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त लोकमान सिंह कार्कीविरुद्ध संसदमा महाअभियोगको प्रस्ताव दर्ता भएको छ । पद तथा शक्तिको दुरुपयोग गरि संवैधानिक निकायको बद्नाम गराएको आरोपमा नेकपा एमाले र नेकपा माओवादी केन्द्रका १ सय ५७ सांसदले बुधबार संसदमा अविश्वासको प्रस्ताव दर्ता गरेका हुन् । नेकपा माओवादी केन्द्रका संसद महेन्द्र शाही प्रस्तावक रहेका छन भने समर्थकमा एमालेका भानुभक्त ढकाल रहेका छन् । संविधानको धारा १ सय १ को उपधारा २ बमोजिम कार्कीविरुद्ध संसद सचिवालयका प्रस्ताव दर्ता गरिएको ढकालले बताए । कार्कीविरुद्ध आजै महाभियोग समिति गठन गरिएको थियो । योग्यता नपुगी नै कांग्रेस, एमाले, माओवादीका शीर्ष नेताहरु लगायत भारतीय खुफिया एजेन्सी “र” को मिलोमत्तोमा कार्कीलाई २०७० वैशाखमा कार्कीलाई अख्तियार प्रमुखमा नियुक्त गरिएको थियो । अख्तियार प्रमुखमा नियुक्त भएदेखि नै कार्कीले कार्यक्षेत्र उल्लंघन गर्दै संवैधानिक निकाय अख्तियारको मानमर्दन गर्ने, व्यक्तिगत प्रतिशाेध लिन कारवाही अघि बढाउने एवं सन्देहपूर्ण काम गर्दै आएका थिए।
गोर्खा अनलाईन रेडियो सुन्नको लागि IOS प्रयोगकर्ता हरुले यहाँ क्लिक गर्नुहोला र ANDROID तथा कुनै पनि साधनबाट सुन्नको लागि यहाँ क्लिक गर्नुहोला । यदि हामीलाई सम्पर्क गर्न चाहनुहुन्छ भने यहाँ क्लिक गर्नुहोला । साथै तलका मोबाईल एप्लिकेशनबाट पनि सुन्न सक्नुहुनेछ ।
लोकमानसिंह विरुद्ध महाअभियोग प्रस्ताव दर्ता
लोकमानसिंह विरुद्ध महाअभियोग प्रस्ताव दर्ता

तपाईको प्रतिक्रिया