लन्डन, नेपालबाट हाइ स्किल स्टाटस् अन्तर्गत् बेलायतमा बसोबास गर्दै आएका नेपालीहरुको संस्था “सोसाइटी अफ नेप्लिज हाइली स्कील यूके” ले नेपालमा भइरहेको बर्तमान गतिविधिहरुलाई मध्यनजर गर्दै एक छलफल कार्यक्रमको आयोजना गर्ने भएको छ । यहि अक्टोबर २२ तारिख शनिवारका दिन वुल्वीचस्थित साउथ लन्डन एकेडेमीमा हुन् गैरहेको यस कार्यक्रममा विशेष गरि नेपालमा शान्ति र विकासको गतिमा भैरहेका अवरोध र यसका चुनौतिहरुको बारेमा अध्ययन तथा अनुसन्धान गरिने उक्त कार्यक्रममा बिभिन्न क्षेत्रका विशेषज्ञ तथा विद्वानहरुको उपस्थिति रहने छ । दशकौं देखि विभिन्न राजनैतिक, सामाजिक, भौगोलिक तथा आर्थिक रुपमा पिछडिदैं आएको नेपालको विकासको लागि पहल गर्नु देश विदेशमा रहने सम्पूर्ण नेपालीहरुको कर्तव्य र दायित्व भएको हुँदा यसको समाधान र प्रक्रियाको निचोड पत्ता लगाउने उद्देश्यले सोसाइटी अफ नेप्लिज हाइली स्कील यूकेले यस कार्यक्रमको आयोजना गरेको हो । कार्यक्रममा प्रोफेशर सूर्य सुवेदी, डा. चन्द्र लक्सम्बा, प्रोफेशर पदम सिम्खडा, डा. पुनम यादव, इन्जिनियर तुलानारायण साह लगायतका ब्यक्तिहरुले आ-आफ्नो धारणा तथा सुझाव प्रस्तुत गर्नेछन् ।
गोर्खा अनलाईन रेडियो सुन्नको लागि IOS प्रयोगकर्ता हरुले यहाँ क्लिक गर्नुहोला र ANDROID तथा कुनै पनि साधनबाट सुन्नको लागि यहाँ क्लिक गर्नुहोला । यदि हामीलाई सम्पर्क गर्न चाहनुहुन्छ भने यहाँ क्लिक गर्नुहोला । साथै तलका मोबाईल एप्लिकेशनबाट पनि सुन्न सक्नुहुनेछ ।