गोर्खा रेडियो प्रत्यक्ष्य सुन्नुहोस ।
लन्डन, नेपाली चलचित्र क्षेत्रमा अत्यधिक सफल र चर्चा कमाउँदै आएको नेपाली हाँस्य चलचित्र छक्का पन्जा १६ अक्टोबर आइतवारका दिन लन्डनस्थित ग्रीन्फोर्ड हलमा दोस्रो पटक प्रदर्शन गरिएको थियो । दर्शकहरुको ओइरो लागेपछि आयोजकहरुलाई व्यबस्थापन गर्न निकै नै हम्मे हम्मे परेको थियो । चलचित्र प्रदर्शन हुनुभन्दा केहिदिन अघि नै टिकटहरु बिक्रि भैसकेकाले कतिपय दर्शकहरुको चलचित्र हेर्ने चाहना पूरा हुन् सकेन । उक्त चलचित्र गत सेप्टेम्बर १७ का तारिखका दिन अल्डरसटस्थित प्रिन्सेस हलमा पनि भव्य सफलताका साथ् प्रदर्शन भैसकेको छ । नेप्लिज इन्टरटेनमेन्ट यूकेका बीरेन खड्का, राजेन गुरुंग, अनिल मल्ल र दीपक खड्का लगायतको पहलमा सो चलचित्रलाई बेलायतमा प्रदर्शनीका लागि ल्याइएको हो ।
चर्चित हाँस्य कलाकार दीपकराज गिरी र दीपाश्री निरौलाद्वारा निर्मित उक्त चलचित्रमा दीपकराज गिरी, प्रियेंका कार्की शिवहरि पौडेल, जितु नेपाल, बुद्धि तामाङ, केदार घिमिरे (माग्ने बुढो) वर्षा राउत लगायका कलाकारहरु रहेका छन् भने यस फिल्मको निर्देशन दीपाश्री निरौलाले गरेकी हुन् । विशेषगरी रोजगारीका शिलसिलामा वैदेशिक रोजगारमा जानुपर्ने नेपालको परिवेशलाई आधार मानेर निर्माण गरिएको उक्त चलचित्रले धेरैको मन जित्न सफल भएको छ । दर्शकहरुको अत्यधिक माग भएका कारण सो चलचित्रलाई आगामी अक्टोबर २९ तारिखका दिन बलायातको फोक्सटन, आसफोर्ड र फेल्थाममा एकैचोटी प्रदर्शन गरिने आयोजकहरुले बताएका छन् ।
नेपाली समाजमा घट्दै आएको वास्तविक विषयबस्तुमा आधारित उक्त चलचित्रले बाध्यताबस घरपरिवार छाडेर विदेशमा बस्नेहरुको मनमा भने चिसो पस्न सक्ने धेरैले अनुमान गरेकाछन । तर चलचित्र हेरिसकेपछि पूर्ण रुपमा सन्तुष्टि प्राप्त भएको सबैले बताउंदै आएकाछन ।
गोर्खा अनलाईन रेडियो सुन्नको लागि IOS प्रयोगकर्ता हरुले यहाँ क्लिक गर्नुहोला र ANDROID तथा कुनै पनि साधनबाट सुन्नको लागि यहाँ क्लिक गर्नुहोला । यदि हामीलाई सम्पर्क गर्न चाहनुहुन्छ भने यहाँ क्लिक गर्नुहोला । साथै तलका मोबाईल एप्लिकेशनबाट पनि सुन्न सक्नुहुनेछ ।