लन्डन, विजया दशमीको अघिल्लो दिन साँझ नवमीका दिन बेलायतस्थित नेपाली दूतावास लन्डनद्वारा दशैंको शुभकामना आदान-प्रदान गर्ने उद्देश्यले एक भेटघाट कार्यक्रमको आयोजना गरिएको थियो । कार्यक्रममको प्रमुख उद्देश्य दशैंको शुभकामना आदान-प्रदान रहेतापनि नवनियुक्त राजदूत डा.दुर्गाबहादुर सुवेदी तथा श्रीमती पुनम सुवेदीसंग भेटघाट र फोटो खिचाउनमा नै सबैजना व्यस्त देखिन्थे । दूतावासका तृतीय सचिव भुपेन्द्रप्रसाद घिमिरेले कार्यक्रमको संचालन गरेका थिए भने राजदूत डा. दुर्गाबहादुर सुवेदीद्वारा विजया दशमी, दीपावली, नेपाल संवत,छठ, ल्होसार तथा माघीका अवसरमा शुभकामना शन्देश ब्यक्त गरिएको थियो ।
नेपालीहरुको महान पर्व विजया दशमी, दीपावली, नेपाल संवत,छठ, ल्होसार तथा माघीका शुभ अवसरमा बेलायत आयरल्याण्ड र माल्टामा वसोवास गर्नुहुने समस्त नेपाली दाजुभाई तथा दिदीबहिनीहरुमा सुख,सु-स्वास्थ्य, शान्ति र सम्वृद्धि तथा उत्तरोत्तर प्रगतिको लागि हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौं ।
डा. दुर्गाबहादुर सुवेदी ( राजदूत)
श्रीमती पुनम सुवेदी तथा
नेपाली राजदूतावास लन्डन, परिवार
सन्देशका क्रममा आफू नेपाल सरकार र नेपाली जनताको शीर ठाडो राख्नको लागि कुनै कसर बाँकी नराख्ने प्रतिबद्धाता ब्यक्त गरेका थिए । दूतावासलाई अगाडी बढाउनका लागि सम्पूर्ण संघसंस्था लगायत बेलायतवासी नेपालीहरुको महत्व्पूर्ण भूमिका हुने भएकाले सबैले आ-आफ्नो क्षेत्रबाट सल्लाह, सुझाव र सहयोग गरिदिनको लागि आग्रह समेत गरेका थिए ।
करिब ८३ वर्ष अघिदेखि दूतावासमा झुकेर रहेको अवस्थाको नेपाली रास्ट्रीय झण्डालाई दूतावास अगाडी ठूलो डण्डा स्थापना गरि नेपाली झण्डालाई नेपालीको शीर जस्तै संधै उच्च राख्न पाएकोमा खुसि ब्यक्त गरेका थिए । बहादुर शमशेर जबरा देखि अहिलेसम्मको आफू २०औं राजदूत भएको स्मरण गराउंदै आफ्नो चार वर्षे कार्यकाललाई उपलब्धिमूलक बनाउने धारणा ब्यक्त गरेका थिए । कार्यक्रममा दूतावासका काउन्सेलर, प्रवक्ता एवं उपनियोग प्रमुख शरदराज आरन,सैनिक सहचारी प्रदीपजंग केसी, अट्याची तेजेन्द्र रेग्मी लगायतका दूतावासका अन्य कर्मचारीहरु मुख्य सचिव डा. सोमलाल सुवेदी, माननीय संसद रेशम लामा, प्रा. डा. सूर्य सुवेदी, नेपाल ब्रिटेन च्याम्बर्स अफ कमर्सका अध्यक्ष्य तथा उद्योगपति राजेन्द्र खेतान,एनआरएन यूकेका अध्यक्ष्य मुछेत्र गुरुङ, पत्रकार लगायत बेलायतस्थित बिभिन्न नेपाली संघसंस्थाका प्रतिनिधिहरुको पनि उपस्थिति रहेको थियो । कार्यक्रममा रात्रिभोजको समेत राम्रो प्रबन्ध गरिएको थियो । कार्यक्रममा लिएका फोटोहरु फेसबुक मार्फत हेर्नको लागि यहाँ क्लिक गर्नुहोला
गोर्खा अनलाईन रेडियो सुन्नको लागि IOS प्रयोगकर्ता हरुले यहाँ क्लिक गर्नुहोला र ANDROID तथा कुनै पनि साधनबाट सुन्नको लागि यहाँ क्लिक गर्नुहोला । यदि हामीलाई सम्पर्क गर्न चाहनुहुन्छ भने यहाँ क्लिक गर्नुहोला । साथै तलका मोबाईल एप्लिकेशनबाट पनि सुन्न सक्नुहुनेछ ।