बेलायतमा सपन इन्टरटेनमेन्टद्वारा नृत्य प्रतियोगिता गरिंदै

गोर्खा रेडियो प्रत्यक्ष्य सुन्नुहोस ।

14589847_1221965021196280_4080883165636218639_oलन्डन । मनोरन्जनका क्षेत्रमा बेलायती समुदायमाझ परिचित सपन इन्टरटेन्मेन्ट लिमिटेडले यस पटक विल्कुल पृथक कार्यक्रम गर्ने तयारी गरेको छ । उक्त कम्पनीले आगामी २७ नोभेम्बरका दिन ग्रुप डान्स कम्पिटिसन ‘यूके डान्स अफ’ गर्न लागेको हो । शनिबार लन्डनस्थित गोर्खा स्पाइस रेष्टुरेन्टमा आयोजित पत्रकार सम्मेलनमा सपन इन्टरटेन्मेन्ट लिमिटेडका निर्देशक सपनकुमार राईले उक्त जानकारी दिएका हुन् । उक्त कम्पनीले सन् २००८ मा यस्तै नाच प्रतियोगिता ‘ट्यालेन्ट हट’ आयोजना गरेको थियो । झण्डै ८ वर्षपछि अझ परिष्कृत, परिमार्जित र तयारीका साथ वृहत स्तरमा प्रतियोगिता गर्न लागिएको राईले बताए । यस पटक उनलाई साथ दिएकी छन् नेपालकी चर्चित कोरियोग्राफर रिनासा बान्तवा राईले । राई उक्त प्रतियोगिताको निर्णायक र इभेन्ट एम्बासडर हुनेछिन् । प्रतियोगितामा भाग लिन ग्रुपमा कम्तीमा ३ जना हुनुपर्ने, केटा वा केटी मिक्स हुन सक्ने, दुईटा नाच अनिवार्य प्रस्तुत गर्नुपर्ने र त्यसमध्ये एउटा ट्रेडिसनल र अर्को मोर्डन नाच अनिवार्य गरिएको इभेन्ट एम्बासडर रिनासा राईले पत्रकार सम्मेलनमा जनाइन् । सन् २००७ देखि म्यूजिक भिडियो र त्यसको एकवर्षपछि ००८ देखि नेपाली चलचित्रमा निरन्तर कोरियोग्राफी गर्न थालेकी राईले प्रतियोगिता डान्समै करिअर बनाउनेका लागि कोशेढुंगा हुने बताइन् । nriउनका भनाइमा बेलायतमा रहेका नेपाली युवाहरुको प्रतिभा प्रस्फुटन गर्ने उद्देश्य प्रतियोगिताको छ । आयोजकले अक्टोबर ३० सम्म नाम दर्ताको समयसीमा तोकेका छन् । नोभेम्बर १३ मा अडिसन र फिनाले २७ नोभेम्बर सांझ सामुयल कोडी स्पोर्टस सेन्टर, फार्नबोरोमा हुने सपन राईले जानकारी दिए । प्रतियोगिताको संयोजन निशा गुरुङले गर्नेछिन् भने प्रमुख सल्लाहकारहरुमा एनआरएनए यूके पूर्व अध्यक्ष सूर्य गुरुङ र डा. कपिल रिजाल 
रहने छन् । कानुनी सल्लाहकारमा सोलिसिटर राजु थापालाई तोकिएको छ । प्रमुख प्रायोजक रहनेछन् गोर्खा सेफका कमल गुरुङ र पुनम 
गुरुङ तथा प्रायोजकमा बिरा केयर होम्सका वी पी खनाल, माइकल युसर, ज्ञाम गुरुङ र किशोर थापा छन् । औपचारिक घोषणा अघि नै धेरैले प्रतियोगिताप्रति चासो देखाएका र प्रायोजक भेटिएकाले बडो उत्साहित छन् सपन । प्रतियोगितामा विजयी हुनेलाई आकर्षक पुरस्कारको व्यवस्था समेत गरिएको छ । 14585782_1221967541196028_1609027192_o-768x512सपन राईले प्रथम हुने टिमलाई एकहजार दुई सय पाउण्ड, दोश्रो हुनेलाई ८ सय पाउण्ड र तृतीय हुने टिमलाई ५ सय पाउण्ड पुरस्कार साथै म्यूजिक भिडियो वा चलचित्रमा अवसर दिइने जनाए । प्रायोजक बढि आए पुरस्कारको राशी अरु बढ्ने बताइएको छ । विजेतालाई डान्स परफर्मरका रुपमा नेपाल वा युरोप लैजान सकिने पनि राईले बताए । १८ वर्ष उमेर माथिका पुरुष वा महिलाले प्रतियोगितामा भाग लिन सक्ने क्राइटेरिया छ । आयोजकले दर्ता शुल्क जम्मा ५० पाउण्ड तोकेका छन् । वरिष्ठ सञ्चारकर्मी खगेन्द्र नेपालीले स्वागत गरेको उक्त कार्यक्रममा प्रतियोगिताका प्रमुख सल्लाहकार सूर्य गुरुङले यसमा सफलताका लागि सबैको साथ जरुरी रहेको बताए । साभार-नेपाल ब्रिटेन डट कम

इच्छुक नृत्यांगनाले निम्न नम्बरमा सम्पर्क गर्न सक्नेछन्ः
Sapan Entertainment Ltd,
Contact no: 07428765997 अथवा
email into : zealot_n@hotmail.com

गोर्खा अनलाईन रेडियो सुन्नको लागि IOS प्रयोगकर्ता हरुले यहाँ क्लिक गर्नुहोला र ANDROID तथा कुनै पनि साधनबाट सुन्नको लागि यहाँ क्लिक गर्नुहोला । यदि हामीलाई सम्पर्क गर्न चाहनुहुन्छ भने यहाँ क्लिक गर्नुहोला । साथै तलका मोबाईल एप्लिकेशनबाट पनि सुन्न सक्नुहुनेछ । Untitled-1

SHARE:

संबन्धित शिर्षकहरु

ताजा अपडेट

दसैँको टीकाको उत्तम साइत कात्तिक ४ गते बिहान १०ः२६ बजे

लन्डनमा नेपालीको घरमा राति लुटपाट, प्रतिकार गर्दा दम्पतीमाथि आक्रमण

लन्डनमा नेपालको ९२ वर्षे कूटनीतिक विरासत, २४औँ राजदूतमा गौरव शमशेर राणा

गोर्खा आन्दोलन सफल नभएसम्म भोजभतेर र राजनीतिक कार्यक्रममा नजाने भेट्रान राईको घोषणा

गोर्खा समस्या समाधान गर्न बेलायत सरकारलाई डिसेम्बर ३१ सम्म अल्टिमेटम, माग पूरा नभए आन्दोलन गर्ने

लन्डनका फेसन उद्यमी लामिछानेको फाउण्डेशनले बाढीपीडितलाई एक करोड ७ लाख प्रदान

फ्लाईदुबईको विमान साउदीमा आकस्मिक अवतरण, पाइलटले खसाल्न खोजेको नेतन्याहुको दाबी

संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभा सम्पन्न, छलफल कृत्रिम बुद्धिमत्तामा केन्द्रित