गोर्खा रेडियो लाइभ सुन्नुहोस ।
गोर्खा रेडियो, भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई धम्की दिंदै लेखिएको पत्रसहित एक खैरो रंगको परेवालाई भारतीय सीमा क्षेत्रबाट सीमा प्रहरीले हिरासतमा राखेको कुरा अंग्रेजी पत्रिका मिररले उल्लेख गरेको छ । उर्दू भाषामा लेखिएको उक्त पत्रमा सन् १९७१ को भारत पाकिस्तानबीचको युद्धको बारेमा उल्लेख गरिएको कुरा पठानकोटस्थित चौकीका प्रहरी निरीक्षकले बताएका छन् प्रधानमन्त्री मोदीलाई सम्बोधन गरिएको उक्त पत्रमा सन् १९७१ को युद्धताकाको जस्तो जनताहरु अहिले नभएको र युद्धको लागि बालबालिकादेखि सबै जनताहरु भारत विरुद्ध युद्धका लागि तयार भएको कुरा उल्लेख गरिएको छ । मिरर पत्रिकाका अनुसार उक्त पत्रमा पाकिस्तानको लडाकु संगठन लस्कर ए तैबाको हस्ताक्षर रहेको बताइएको छ । सो पत्र सहितको परेवालाई एक १४ वर्षे बालकले फेला पारेर उनैले प्रहरी समक्ष्य पुर्याएका थिए । भारतमा यसघि पनि यस्ता घटनाहरु पटक पटक हुदै आएका छन् । हाल उक्त परेवालाई भारतीय प्रहरीले अनुसन्धान गरिरहेको छ ।
गोर्खा अनलाईन रेडियो सुन्नको लागि IOS प्रयोगकर्ता हरुले यहाँ क्लिक गर्नुहोला र ANDROID तथा कुनै पनि साधनबाट सुन्नको लागि यहाँ क्लिक गर्नुहोला । यदि हामीलाई सम्पर्क गर्न चाहनुहुन्छ भने यहाँ क्लिक गर्नुहोला । साथै तलका मोबाईल एप्लिकेशनबाट पनि सुन्न सक्नुहुनेछ ।





