गोर्खा रेडियो प्रत्यक्ष्य सुन्नुहोस ।
लन्डन, नेपाली दूतावास लण्डनको सोमवार बसेको बैठकले प्रवक्तामा शरदराज आरनलाई चयन गरेको कुरा लन्डनस्थित नेपाली दूतावासले जनाएको छ । उक्त निर्णय अनुसार अक्टुवर ४ तारिखबाट लागू हुने गरि दूतावासका उपनियोग प्रमुख तथा काउन्सेलर आरनले प्रवक्ताको जिम्मेवारी सम्हाल्ने भएका छन् । यस अघि कार्यबाहक राजदूतको छोटो अनुभव सम्हालिसकेका आरन बेलायतवासी नेपाली समुदायबीच लोकप्रिय बनिसकेका छन् । नवनियुक्त राजदूत डा.दुर्गा बहादुर सुवेदीले पदभार सम्हाले लगतै दूतावासले संचालन गर्दै आएको सेवा सुविधाका लागि कार्यालय समयमा पनि वृद्धि गरिएको थियो । जसअनुसार भीसा सेवा बिहान ०९:१५ देखि अपरान्ह ०३:१५ बजेसम्म र राहदानी तथा अन्य कन्सुलर सेवा बिहान ०९:१५ देखि अपरान्ह ५ बजेसम्म संचालन गरिनेछ । यसघि उक्त सेवा १२ बजेसम्ममात्र संचालन गरिदै आएको थियो । लामो समयसम्म राजदूतबिहिन रहेको लन्डन दूतावासमा नवनियुक्त राजदूतद्वारा चालिएका विभिन्न कदमले बेलायतवासी नेपालि लगायत नेपाल भ्रमण गर्न चाहनेहरुका लागि पक्कै पनि थप सुविधा मिल्नेछ ।
गोर्खा अनलाईन रेडियो सुन्नको लागि IOS प्रयोगकर्ता हरुले यहाँ क्लिक गर्नुहोला र ANDROID तथा कुनै पनि साधनबाट सुन्नको लागि यहाँ क्लिक गर्नुहोला । यदि हामीलाई सम्पर्क गर्न चाहनुहुन्छ भने यहाँ क्लिक गर्नुहोला । साथै तलका मोबाईल एप्लिकेशनबाट पनि सुन्न सक्नुहुनेछ ।