लण्डन / नेपाली आधुनिक तथा लोकप्रिय पार्श्व गायिका शर्मिला बर्देवाको गीत ‘ मेरो ठुमकामा ‘ आईतवार लण्डनमा एक समारेहबीच विमोचन गरिएको छ । समधुर स्वरकी धनी गायिका बर्देवाको यस् संगीतीक भीडीयो बेलायतमा कार्यरत पत्रकारहरुको बीचमा विमोचन गरिएको हो । पत्रकारद्वय नवीन पोखरेल र चिरन शर्मा सहित बालिका आन्शिका परियारले संयुक्त रुपमा म्यूजिक भिडियो “मेरो ठुम्कामा” बिमोचन गरेका हुन् । नृपेश उप्रेतीको शब्द र बसन्त सापकोटाको संगीत रहेको “मेरो ठुमकामा” नाच्न मिल्ने रमाईलो गीत हो । यस गीतको म्युजिक भिडियो भने बेलायत निवासी विजय घिमिरेले निर्देशन गरेका हुन भने भीडीयोमा स्वयं विजय र चर्चित मोडेल साराले अभिनय गरेका छन् । सबै दृश्यहरु बेलायत मै छायांकन गरिएको हो । विमोचन समारोहमा बोल्दै पत्रकार चिरन शर्माले राम्रो संगीतको प्रसार गर्नु संचारकर्मीहरुको पनि कर्तब्य भएको बताउदै बिदेशमा कलाकारहरुलाई नेपाली संकृति झल्किने कुरा प्रस्तुत गर्नु पर्नेमा जोड दिनु भयो । गायिका शर्मिला बर्देवाले गीत प्रकाशन मा ल्याउन सहयोग पुर्याउने सबैलाई धन्यवाद दिदै आफू विदेशबाट टाढा भएपनि नेपाली संगीत क्षेत्रलाई निरन्तर योगदान दिन हरेक वर्ष नया शृजना दिइरहने बताइन । समारोहमा पत्रकारहरु मिलन शर्मा, शिब भण्डारी, नारायण गाउले, नरेन्द्र बस्नेत, बिरेन्द्र श्रेष्ठ लगायत सपन इन्टरटेन्मेन्तका सपन राई राई र मंजु गुरुङ पनि उपस्थित थिए । यस गीतको म्युजिक भीडीयो बुढा सुब्बा डिजिटल लिमिटेड ले युट्युब मार्फत सार्बजनिक गरको छ भन्ने छिट्टै आइट्युन्स, गुगलप्ले, अमेजन एमपीथ्री, स्पटिफाई लयायत सबै डिजिटल मीडियामा उपलब्ध हुने छ ।
दिनेश कुमार परियार
गोर्खा अनलाईन रेडियो सुन्नको लागि IOS प्रयोगकर्ता हरुले यहाँ क्लिक गर्नुहोला र ANDROID तथा कुनै पनि साधनबाट सुन्नको लागि यहाँ क्लिक गर्नुहोला । यदि हामीलाई सम्पर्क गर्न चाहनुहुन्छ भने यहाँ क्लिक गर्नुहोला । साथै तलका मोबाईल एप्लिकेशनबाट पनि सुन्न सक्नुहुनेछ ।