Home > Audio > शर्मिला बर्देवाको म्यूजिक भीडीयो “मेरो ठुम्कामा” विमोचन

शर्मिला बर्देवाको म्यूजिक भीडीयो “मेरो ठुम्कामा” विमोचन

Listen Gurkha Radio (गोर्खा रेडियो सुन्नुहोस)

गोर्खा रेडियो लाइभ सुन्नुहोस ।

img_3445लन्डन, यहि अक्टुवर २ तारिख आइतवारका दिन लन्डनस्थित हंस्लोको काठमाण्डौ जोन नेपाली रेस्टुरेन्टमा गीतकार नृपेश उप्रेतीको “मेरो ठुम्कामा” बोलको गीतको म्यूजिक भिडियोको एक समारोहकाबीच विमोचन गरिएको छ । नेपाल पत्रकार महासंघ बेलायतका संस्थापक अध्यक्ष एवं कान्तिपुरका बेलायत संवाददाता नवीन पोखरेल, महासंघ बेलायतका पूर्व अध्यक्ष पत्रकार चिरन शर्मा र बर्देवाकी सुपुत्री आंशिका परियारद्वारा संयुक्त रुपमा सो म्यूजिक भिडियोको विमोचन गरिएको थियो । यस म्यूजिक भिडियोमा विजय र साराले अभिनय गरेकाछन भने निर्देशन पनि विजय घिमिरेको नै रहेको छ । उक्त विमोचन समारोहमा गीतकार नृपेश उप्रेती, गायिका सर्मिला बर्देवा सपन इन्टरटेनमेन्ट युकेका सपन राई र मंजु राई , पत्रकारहरु लगायतका व्यक्तिहरुको उपस्थिति रहेको थियो । img_3466कार्यक्रमको संयोजन रेडियो राइनोका दिनेश परियारले गरेका थिए भने उक्त म्यूजिक भिडियोलाई बुढासुब्बा म्युजिक प्रा.लि.ले युट्युबमार्फत सार्वजनिक गरेकोछ । एक जमानाकी चर्चित गायिका शर्मिला बर्देवाको स्वरमा गाइएको उक्त गीतलाई बसन्त सापकोटाले संगीत दिएका हुन् । लगभग ६ सयभन्दा बढी गीतहरुमा आफ्नो आवाज दिइसकेकी शर्मिलाले शास्त्रीय गायनमा डिप्लोमा समेत गरेकी छन् । img_3475उनले नेपाली, नेवारी, मैथिली र भोजपुरी लगायतका विभिन्न भाषामा समेत आफ्नो आवाज दिएकी छन् । तेस्तैगारी पछिल्लो समयमा विभिन्न उत्कृष्ट गीतहरुको सृजना गर्न सफल नृपेश उप्रेतीका यस अघिका गीतहरुमा अन्जु पन्त, शिव परियार, प्रमोद खरेल लगायतक गायकहरुले स्वर दिएका छन् ।
आज विमोचन गरिएको म्यूजिक भिडियो “मेरो ठुम्कामा” हेर्नको लागि तलको प्ले बटनमा क्लिक गर्नुहोला ।

गोर्खा अनलाईन रेडियो सुन्नको लागि IOS प्रयोगकर्ता हरुले यहाँ क्लिक गर्नुहोलाANDROID तथा कुनै पनि साधनबाट सुन्नको लागि यहाँ क्लिक गर्नुहोला । यदि हामीलाई सम्पर्क गर्न चाहनुहुन्छ भने यहाँ क्लिक गर्नुहोला । साथै तलका मोबाईल एप्लिकेशनबाट पनि सुन्न सक्नुहुनेछ Untitled-1

गोर्खा अनलाईन रेडियो सुन्नको लागि IOS प्रयोगकर्ता हरुले यहाँ क्लिक गर्नुहोलाANDROID तथा कुनै पनि साधनबाट सुन्नको लागि यहाँ क्लिक गर्नुहोला । यदि हामीलाई सम्पर्क गर्न चाहनुहुन्छ भने यहाँ क्लिक गर्नुहोला । साथै तलका मोबाईल एप्लिकेशनबाट पनि सुन्न सक्नुहुनेछ Untitled-1

Check Also

ट्रकमा फल्सबटम बनाएर चरेश र अफिम तस्करी !

काठमाडौं । भारतीय ट्रकको प्रयोग गरेर नेपालबाट चरेश र अफिम तस्करी हुने गरेको खुलेको छ …