गोर्खा रेडियो लाइभ सुन्नुहोस ।
महान चाड बिजया दशमी र दिपावलीको उपलक्ष्यमा नेपाली जनसम्पर्क समिति बेलायत र जनसंपर्क समिती साउथ इस्ट लण्डन को संयुक्त आयोजनामा, बेलायतबासी सम्पूर्ण नेपाली काँग्रेसमा आबद्द दिदि बहिनि तथा दाजुभाईमा पबित्र चाडपर्वको शुभकामना आदान प्रदान गर्ने, मेलमिलाप र सदभाब बृधि गर्ने तथा बेलायत भ्रमणमा रहेकी नेपाली काँग्रेसकि लोकप्रिय महिला नेत्री तथा ताप्लेजुंग जिल्ला नेपाली काँग्रेसकी सभापति श्रीमती लिला बखिमज्युको सम्मानमा स्वागत गर्ने कार्यक्रम साउथ ईस्ट क्षेत्रीय समितिसंगै आयोजना गरेकोले सो कार्यक्रममा उपस्थित भइदिनुहुन् सम्पूर्ण बेलायतबासि नेपाली काँग्रेसका नेता, कार्यकर्ता, सुभेच्छुक, क्षेत्रीय पदाधिकारीहरु तथा भात्री संस्थाहरु नेपाल भू पु सैनिक संघ, ने बि संघ र तरुण दलका पदाधिकारीहरु उपस्थित भैदिनु हुन् हार्दिक निमन्त्रणा गर्दछौ । पार्टीमा आबध्द्ध अधिकाश भात्रीसंगठनको अधिवेशन सम्पन्न भईसकेको अवस्थामा जनसंपर्क समिती बेलायत को अधिवेशन सम्पन्न नहुनु आँफैमा लाजमर्दो र लोकतन्त्र प्रतिको अपमान हो र यसको जिम्मेवार तपाईं हामी सबै छौ,तसर्थ सोही दिन नेपाली जन सम्पर्क समिति बेलायतको आगामी अधिबेसन कसरि बृहद सहभागितामा सम्पन्न गराउने भन्ने बारे तयारी छलफल गरिने जानकारी गराउदछौ।
जय नेपाल
मिति: २ अक्टोबर २०१६ – आइतबार
समय : ११.३० बजे बिहान
स्थान : चौतारी रेस्टुरेन्ट – ५६ प्लमस्टेड, लण्डन –
एस ई १८ १ एस एल
आयोजक
चेतनाथ खनाल
नेपाली जनसंपर्क समिती बेलायत
तथा
जनसंपर्क समिती साउथ इस्ट लण्डन बेलायत
गोर्खा अनलाईन रेडियो सुन्नको लागि IOS प्रयोगकर्ता हरुले यहाँ क्लिक गर्नुहोला र ANDROID तथा कुनै पनि साधनबाट सुन्नको लागि यहाँ क्लिक गर्नुहोला । यदि हामीलाई सम्पर्क गर्न चाहनुहुन्छ भने यहाँ क्लिक गर्नुहोला । साथै तलका मोबाईल एप्लिकेशनबाट पनि सुन्न सक्नुहुनेछ ।





