गोर्खा रेडियो लाइभ सुन्नुहोस ।
लन्डन । बेलायतका लागि नवनियुक्त राजदूत डा. दुर्गाबहादुर सुवेदी आफ्नो कार्य समाल्न आफ्नी श्रीमती पुनम क्षेत्री सहित बुधवार साँझ बेलायत आइपुगेका छन् । राजदूत दम्पत्तिको स्वागतार्थ बेलायती विदेश मन्त्रालयका विशेष प्रतिनिधि निकोलस ज्यारोल्ड, कार्यवहाक राजदूत शरदराज आरन, थर्ड सेक्रेटरी भूपेन्द्रप्रसाद घिमिरे, अट्याची तेजेन्द्र रेग्मी लगायतका व्यक्तिहरु विमानस्थलमा पुगेका थिए । लगभग ३० वर्ष पररास्ट्रमा सेवा गरिसकेका सुवेदी झापा नेपालका स्थायी बासिन्दा हुन् । झन्डै अढाइ वर्षपछिको प्रतिक्ष्या पश्चात बेलायतले २०औं राजदूतको रुपमा सुवेदीलाई पाएको हो ।
राजदूत सुवेदीले आज २९ सेप्टेम्बरबाट नै आफ्नो पदभार ग्रहण गरिसकेका छन् । आफूले पदभार ग्रहण गर्ने बित्तिकै आउँदो अक्टोवर ३ देखि लागू हुने गरि दूतावासले प्रदान गर्ने भीसा, राहदानी लगायतका कन्सुलर सहज बनाई शीघ्र तवरले जनमैत्री सेवा प्रदान गर्ने निर्णय गरेका छन् । जसअनुसार भीसा सेवा बिहान ०९:१५ देखि अपरान्ह ०३:१५ बजेसम्म र राहदानी तथा अन्य कन्सुलर सेवा बिहान ०९:१५ देखि अपरान्ह ५ बजेसम्म संचालन गरिनेछ । यसघि उक्त सेवा १२ बजेसम्ममात्र संचालन गरिदै आएको थियो । यसरि गरिएको थप समय र सेवाबाट जनमैत्री सेवा प्रवाह हुनुका साथै नेपाल भ्रमण गर्न चाहने पर्यटक तथा सम्पूर्ण नेपालीहरुलाई थप सहुलियत पुग्न जाने राजदूत सुवेदीको धारणा रहेको छ । साथै नेपाल र संयुक्त अधिराज्यबिचको ऐतिहासिक सम्बन्धलाई थप प्रगाढ बनाई नेपाल र नेपालीको आर्थिक सामाजिक विकासको लागि दूतावास निरन्तर लागिपर्ने धारणा व्यक्त गरेका थिए ।
गोर्खा अनलाईन रेडियो सुन्नको लागि IOS प्रयोगकर्ता हरुले यहाँ क्लिक गर्नुहोला र ANDROID तथा कुनै पनि साधनबाट सुन्नको लागि यहाँ क्लिक गर्नुहोला । यदि हामीलाई सम्पर्क गर्न चाहनुहुन्छ भने यहाँ क्लिक गर्नुहोला । साथै तलका मोबाईल एप्लिकेशनबाट पनि सुन्न सक्नुहुनेछ ।





