गोर्खा रेडियो लाइभ सुन्नुहोस ।
गोर्खा रेडियो । “झरी सरी वर्षिदैछ आँशु तिम्रो यादमा, किन पर्छन पिडा जति मेरै भागमा” चर्चित तथा लोकप्रिय गायक उदितनारायण झाको स्वरमा गाइएको झरि सरी बोलको एक गीतको छायांकन भर्खरैमात्र बेलायतको आसफोर्डमा सम्पन्न भएकोछ । विभिन्न नेपाली चलचित्र लगायत मोडलिंगको क्षेत्रमा समेत आफ्नो पहिचान बनाउन सफल अभिनेता ध्रुव दत्त र विना राईद्वारा अभिनित उक्त गीतको म्युजिक भीडीयोको छयांकन स्वप्निल लिम्बुले गरेका छन् ।
सुल्तान फिल्म्स प्रोडक्सन यूकेको ब्यानरमा निर्मित उक्त म्युजिक भीडीयो चांडै नै सार्वजनिक हुने अभिनेता ध्रुव दत्तले बताएका छन् । अर्जुन पोखरेलको संगीत तथा अनल गौतमको शब्द संयोजन रहेको यस म्युजिक भीडीयोको निर्देशन तथा सम्पादनको सम्पूर्ण कार्य सुल्तान इडिंगोले गरेका छन् । यस म्युजिक भीडीयोको पोष्टर भने सार्वजनिक गरिएको छ ।
म्युजिक भीडीयोको छोटो अंश हेर्नको लागी प्ले गर्नुहोला ।
गोर्खा अनलाईन रेडियो प्रत्यक्ष्य रुपमा र IOS तथा ANDROID कुनै पनि साधनबाट सुन्नको लागि यहाँ क्लिक गर्नुहोला । यदि हामीलाई सम्पर्क गर्न चाहनुहुन्छ भने यहाँ क्लिक गर्नुहोला । साथै तलका मोबाईल एप्लिकेशनबाट पनि सुन्न सक्नुहुनेछ ।